
काठमाडौं । गायनमा आधारित नेपाली टेलिभिजन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को प्रतिस्पर्धा अन्तिम आठमा प्रवेश गरेको छ ।
पछिल्लो सप्ताहन्तमा थप दुई जना प्रतियोगी बाहिरिए जसमा सिक्किमका रिवाश गुरुङ र आशिष रायमाझी छन् । टिम राजुका गुरुङ र टिम प्रमोदका रायमाझी शोमा रुचाइएका प्रतिभा हुन् ।
कम मत प्राप्त गरेपछि यी दुवै जना अन्तिम आठमा प्रवेश गर्न सकेनन् । विश्वकप फुटबलको माहोलबीच ‘द भ्वाइस’को माहोल पनि रोचक चरणमा प्रवेश गरेको छ ।भुटानका रियान गिरी पछिल्लो सप्ताहन्तका दुवै एपिसोडमा ‘बटम थ्री’मा परे पनि अन्तिम आठमा प्रवेश गर्न सफल रहे । अघिल्लो सप्ताहन्तबाट भूपेन्द्र रणपाल र वर्षा इटानी बाहिरिएका थिए ।
लाइभ शोमा दर्शकको मत निर्णायक हुने हुँदा कुन ट्यालेन्ट बाहिरिन्छन् भन्ने कुराको टुंगो छैन । ‘द भ्वाइस’को नेपाली संस्करण प्रत्येक शुक्रबार र शनिबार हिमालय टीभीबाट राती ८ बजे प्रसारण हुन्छ ।
प्रतिक्रिया 4