+
+

आर्यन सिग्देलको ‘डिसेम्बर फल्स’को छायांकन तीन वर्षमा सकियो

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २५ गते १२:३०

काठमाडौं । आर्यन सिग्देल स्टारर फिल्म ‘डिसेम्बर फल्स’को छायांकन तीन वर्षमा सकिएको छ । लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा शनिबार यो मेडिकल-रोमान्स ड्रामाको छायांकन पूरा गरिएको हो ।

२०७७ सालको मंसिरमा फिल्म निर्माण घोषणा भएको थियो । लगत्तै कोरोना महामारी सुरु भएपछि फिल्म अनिश्चित बनेको थियो । आर्यनको करिअरका लागि महत्वपूर्ण मानिएको फिल्म पुस १५ गते प्रदर्शन हुनेछ ।

लाङटाङ क्षेत्रमा हेलिकोप्टरबाट उद्धार गरिएको दृश्य छायांकनसँगै ‘डिसेम्बर फल्स’ इन्ड क्ल्याप भएको हो । आर्यन र को–स्टार उपासना सिंह ठकुरीले उक्त दृश्यमा अभिनय गरे ।

केही दक्षिण भारतीय फिल्ममा समेत काम गरेका प्रवीण झा निर्देशित फिल्मले अस्पतालमा कार्यरत नर्सलाई बदला लिन अपहरण गरिएपछि मुख्य पात्रले उनलाई अपहरणकारीको पञ्जाबाट मुक्त गर्न गर्ने संघर्षको कथा पेस गर्छ ।

फिल्ममा उपासनाले नर्स र आर्यनले उनलाई मन पराउने पात्रको भूमिका निर्वाह गरेका छन् । चिकित्सा विधाका दर्शकले यो फिल्मलाई रुचाउने अपेक्षा गरिएको छ ।

‘डिसेम्बर फल्स’का निर्माता रामप्रसाद रिजाल हुन् भने छायांकनमा महामारीको प्रभाव परेकाले बजेट दुई करोड रुपैयाँभन्दा बढी पुगेको बताइएको छ । यसअघि नै फिल्मको गीत र टिजर सार्वजनिक भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?