+
+

फ्रान्सेली टिममा तीन पुराना स्टार लोरिस, ग्रिजमन र जिरउडको निर्णायक भूमिका

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २६ गते १५:५५

२६ मंसिर, काठमाडौं । विश्वकप क्वाटरफाइनलमा इंग्ल्याण्ड र फ्रान्सबीचको रोमाञ्चक खेलमा सबैको नजर केलिएन एम्बाप्पेमा थियो । निश्चित रुपमा उनले इंग्लिस रक्षापंक्तिलाई सकस पारेका थिए । यद्यपी यो खेलमा फ्रान्सका पुराना स्टारहरुको प्रदर्शन निर्णायक थियो, जसले इंग्ल्याण्डमाथि २–१ को जित सम्भव तुल्याएका थिए ।

गोलरक्षक ह्यूगो लोरिस, मिडफिल्डर एन्टोइन ग्रिजमन र स्ट्राइकर ओलिभर जिरउड । यो नाटकीय खेलमा तीनैजना प्रभावशाली थिए । उनीहरु आआफ्नो भूमिकामा लगभग निपूर्ण थिए । जो इंग्लिस टिमको योजनाभित्र थिएनन् ।

बेलायती मिडियाले कमजोर करार गर्ने ह्युगो लोरिसले टोटनह्यामका आफ्ना साथी खेलाडी ह्यारी केन र जुड बेलिङघमका प्रहारहरु लगातार असफल बनाए । ३५ वर्षीय कप्तान लोरिस फ्रान्सका लागि कीर्तिमानी १४२औं खेल खेलिरहेका थिए र चार वर्षअघि जस्तै फ्रान्सका लागि निर्णायक क्षणहरुमा विश्वसनीय देखिन्थे ।

प्रतियोगिताका उत्कृष्ट मिडफिल्डरमध्येका एक एन्टोइन ग्रिजमन फ्रान्सको रक्षापंक्ति र अग्रपंक्तिबीच सही सन्तुलन बनाउन उपयुक्त थिए । एट्लेटिको मड्रिडका यी स्टारले अपेक्षाअनुसारकै प्रदर्शन गर्न सकेनन् ।

उनले लगातार इंग्ल्याण्डको गतिलाई तोड्ने काम गरे । उनको शान्त र भयरहित व्यवहारले अन्य फ्रान्सेली खेलाडीलाई आवश्यक समयमा आराम मिलेको थियो । खेलमा ग्रिजमनले दुई असिस्ट गरे । पहिलो हाफमा उरेलिन चुवामेनीको अविश्वसनीय गोल र ७८औं मिनेटमा जिरुडको निर्णायक गोलका लागि ग्रिजमनको मुख्य सहयोग रह्यो ।

ग्रिजमनले फ्रान्सका लागि लगातार ७२ खेलमा २८ गोल गरेका छन् । यो अन्य खेलाडीको तुलनामा अधिक हो ।

फ्रान्सको दोस्रो गोल त्यतिबेला भयो जतिबेला प्रशिक्षक डिडिएर डेसच्याम्पले जिरउडको स्थानमा मार्क थुरामलाई प्रतिस्थापनको तयारीमा थिए । तर, जिरउडले निर्णायक हेडर गोल गरेपछि मैदान छिर्न ठिक्क परेका थुराम फर्किएर प्रशिक्षकसँग खुसी मनाउन लागे ।

प्रतियोगिताअघि करिम बेन्जेमा चोटग्रस्त हुनुले टिममा स्थान पाएका जिरउडले लगातार सुरुवात गरिरहेका छन् । चार वर्षअघि विश्वकपमा एउटा पनि प्रहार गर्न नसकेर निराश जिरउड सन् २०२१ को युरोमा पनि अधिकांश समय बेन्चमै थिए । यसपालि उनले चार गोल गरिसकेका छन् ।

दोस्रो हाफमा आश्चर्यजनक २ गोल गरेर पोल्याण्डमाथि ३–१ को जितपछि एम्बाप्पेले जिरउडको प्रदर्शन छायामा पारेका थिए । तर, शनिबार २३ वर्षीय यी सुपरस्टार अग्रपंक्तिको पछाडि रहेर पनि निकै खुसी थिए । गोलको खुसी र उत्साहमा उनी आफ्ना टिममेटको गालामा थप्पड लगाइरहेको देखिएका थिए ।

सम्भवतः फ्रान्सको यो सबैभन्दा ठूलो उपलब्धि हो । किनभने उनीहरु जितका लागि एम्बाप्पेले नै गोल गर्नुपर्दैन भन्ने तथ्यलाई सही सावित गरिरहेका थिए । जिरउडको गोलमाथि एम्बाप्पेको प्रतिक्रियाले प्रशिक्षक डेसच्याम्पको भनाइलाई पनि सही सावित गरिदिएको छ । उनले भनेका थिए, ‘पेरिस सेन्ट जर्मेइन (पीएसजी)का यी सुपरस्टारको इगोलाई व्यवस्थापन गर्नुपर्ने आवश्यकता छैन ।’

फ्रान्सले अर्को खेल मोरक्कोसँग खेल्नेछ । जहाँ एम्बाप्पे आफ्नो क्लवका टिममेट तथा महान मित्र असरफ हाकिमीसँग प्रतिस्पर्धा गर्न तयार छन् । फ्रान्स सन् १९६२ मा ब्राजिलको सफलतापछि पहिलोपल्ट लगातार विश्वकप जित्ने इतिहास बनाउन चाहन्छ । सो खेल जितेमा फ्रान्सले सन् २००२ मा ब्राजिलले बनाएको लगातार दोस्रो फाइनल खेल्ने रेकर्ड पनि भेट्टाउनेछ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?