+
+

मेस्सीमात्र होइन पूरै टिमलाई रोक्ने छ क्रोएसियाको तयारी

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २६ गते १९:०९

२६ मंसिर,काठमाडौं । फिफा विश्वकप २०२२ को पहिलो सेमिफाइनल अर्जेन्टिना र क्रोएसियाबीच हुनेछ । मंगलबार राति दोहाको लुसेल रंगशालामा हुने खेलमा क्रोएसिया अर्जेन्टिनी कप्तान लियोनल मेस्सीलाई ‘म्यानमार्क’ गर्ने भन्दा पनि पूरै टिमलाई रोक्ने प्रयासमा हुनेछ ।

२०१८ मा पहिलो पटक विश्वकप फाइनल पुगेको क्रोएसिया यसपल्ट उपाधि उचाल्ने लक्ष्यमा छ । चार वर्षअघि पूरा हुन नपाएको सपना पूरा गर्नबाट उनीहरु यसपल्ट पनि दुई जित टाढा छन् ।

क्वाटरफाइनलमा ब्राजिललाई पेनाल्टी शुटआउटमा स्तब्ध पार्दै अन्तिम चारमा पुगेको क्रोएसियाली टिमका स्ट्राइकर ब्रुनो पेटेकोभिचले पत्रकारहरुसँग कुरा गर्दै भनेका छन्, ‘हामीले मेस्सीलाई रोक्ने कुनै त्यस्तो योजना बनाएका छैनौं । हामी कुनै एक खेलाडीलाई भन्दा पनि पूरै टिमलाई कसरी रोक्ने भन्नेमा केन्द्रित छौं ।’

‘अर्जेन्टिना मेस्सीमात्रै होइन अरु पनि धेरै उत्कृष्ट खेलाडीहरु छन् । हामीले हाम्रो लक्ष्य भेट्टाउन पूरै टिमलाई रोक्न सक्नुपर्छ,’ उनले थपे ।

सात पटकका बालोन डी’ओर विजेता मेस्सी अर्जेन्टिनाका नेतामात्र होइन प्रेरणासमेत हुन् । नेदरल्यान्ड्ससँग खेलको विश्लेषण गर्ने हो भने अर्जेन्टिनाको टिम पेनाल्टीमा पनि उत्तिकै राम्रो छ ।

क्रोएसियाको हकमा डिफेन्डर बोर्ना सोसा चोटपछि मैदान फर्किसकेका छन् भने अन्य खेलाडीमा फिटनेसको समस्या छैन । त्यसैले क्रोएसियाको अनुभवी टिम अतिरिक्त समयमा पनि उत्तिकै सक्रिय भएर खेल्न सक्छ ।

मिडफिल्ड सम्हाल्न कप्तान लुका मोड्रिच, मेटो क्वासिच र मार्सेलो ब्रोजोभिच छन् । यी खेलाडी गतिमा निकै राम्रा छन् । जसले ब्राजिललाई हराउन निकै महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । डिफेन्डर जोसिप जुरानोभिच एक अनुभवी र भरपर्दा खेलाडी हुन् ।

‘माटेओ, लुका र मार्सेलो क्रोएसियाका भरपर्दा मिडफिल्डर हुन् । यिनीहरुलाई बल पास गर्नु भनेको बैंकमा पैसा राखेको भन्दा पनि सुरक्षित हुनु हो,’ पेटेकोभिचले भने ।

ब्राजिललाई पेनाल्टीमा हराएसँगै क्रोएसियाले यस प्रतियोगितामा चार मध्ये चार पेनाल्टीयुक्त खेल जितेको छ ।

गोलकिपर डोमिनिक लुभाकोभिच क्रोएसियाको जितको खम्बा हुन् । पेटेकोभिच भन्छन्, ‘व्यावसायिक फुटबलर नभए पनि पेनाल्टीमा गोल गर्न सक्छन् । तपाईं मानसिक रुपमा कत्तिको बलियो हुनुहुन्छ भन्ने हो । त्यो बेला सामान्यभन्दा मान्छे आत्तिएको हुन्छ । तर, हामीसँग विश्वस्तरीय गोलकिपर छन् ।’ लिभाकोभिचले क्रोएसियाका लागि उत्कृष्ट पेनाल्टीहरु बचाइरहेका छन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?