+
+

नेपालगञ्जमा नेशनल लाइफको सुविधा सम्पन्न व्यापारिक भवन बन्दै

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २७ गते १८:१८

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालगञ्जमा अत्याधुनिक सुविधा सम्पन्न व्यापारिक भवन निर्माण गर्ने भएको छ । करिब ३५ करोडको लगानीमा ७ तल्ले भवन निर्माण हुन लागेको कम्पनीले जनाएको छ ।

भवनको शिलान्यास कम्पनीकी अध्यक्ष प्रेमाराज्य लक्ष्मी सिंहले एक कार्यक्रमकाबीच गरेकी छन् । शिलान्यास कार्यक्रममा १०० जनाको उपस्थिती रहेको थियो ।

नेपालगञ्जस्थित सुर्खेत रोडमा रहेको करिव साढे चार कठ्ठा जमिनमा निर्माण गर्न लागेको उक्त अत्याधुनिक भवन, सुविधा सम्पन्न अण्डरग्राउण्ड पार्किङ सहितको हुने कम्पनीले जनाएको छ ।
निर्माण हुने भवनमा कम्पनीको कार्यालयको अतिरिक्त अन्य व्यापारिक कार्यालयहरु समेत सञ्चालन गर्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?