+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

मेघौली विमानस्थलको एप्रोच लाइनमा बन्दै गरेको भवन निर्माण रोक्न निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २८ गते ९:५६

२८ मंसिर, चितवन । चितवनको वैकल्पिक विमानस्थलको रुपमा रहेको मेघौली विमानस्थलको एप्रोच लाइन नजिकै बन्दै गरेको प्रज्ञा एकेडेमीको भवन निर्माणको काम रोक्न भरतपुर विमानस्थलले निर्देशन दिएको छ ।

विमानस्थलमा जहाज अवतरण गर्ने मुख्य क्षेत्रमा नै नागरिक उड्डेयन प्राधिकरणको अनुमतिविना भवन बनाएकाले रोक लगाइएको भरतपुर विमानस्थलका निमित्त प्रमुख दीपक विकले बताए ।

विमानस्थलको सिमानाबाट जम्मा ७ सय मिटर नजिकै ६ तले भवन बनाउने काम जारी थियो । अहिले चार तला बनिसकेको छ । ‘हामीलाई भवन बनाएको जानकारी नै थिएन, उहाँहरुले हामीसँग अनुमति लिनुभएको पनि छैन’ भरतपुर विमानस्थलका प्रमुख विकले भने, ‘प्राधिकरणको प्राविधिक टोली आएर यसको अवस्थाका बारेमा रिपोर्ट नदिइन्जेल भवनको काम रोक्न भनेका छौं ।’ एकेडेमीको भवनको नक्सापासका बारेमा विमानस्थललाई महानगरले जानकारी पनि नगराएको विमानस्थल प्रमुख विकले बताए ।

भरतपुर महानगरपालिका वडा नं. २७ मा बन्दै गरेको प्रज्ञा एकेडेमीले वडाबाट कुनै कागजात र सिफारिससमेत नलिएको वडाध्यक्ष रामबहादुर भण्डारीले बताए ।

विमानस्थलमा विमान अवतरण गर्ने लाइनमा नै अग्लो भवन बन्दै गरेको जानकारी भएपछि दुवै पक्षका बीचमा छलफल गराइएको वडाध्यक्ष भण्डारीले बताए ।

गैंडाकोटको अक्सफोर्ड कलेजका प्रमुख सञ्चालक हरि भण्डारीको समूहले भवन बनाउँदै गरेको हो । मेघौलीका तीनवटा निजी विद्यालयहरु तारामाउन्ट, ब्राइट फ्यूचर र अलमाइटीलाई मर्ज गराएर भण्डारीले प्रज्ञा एकेडेमी नाम दिएर विद्यालय सञ्चालन गरेका हुन् । झण्डै ४० करोड लगानीमा भवन बनाउन लागेको स्रोतको भनाइ छ ।

भण्डारीले नयाँ भवन नबनुञ्जेल साविक तारामाउन्ट विद्यालयमा प्रज्ञा एकेडेमीको नामबाट विद्यार्थी पढाउँदै आएका छन् । भण्डारीले प्राविधिक धारबाट पढाउने भन्दै साना विद्यालय मर्ज गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?