+
+

संसद सेवाको सर्वाेत्कृष्ट पुरस्कार उपसचिव बराललाई

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २८ गते १५:५३

२८ मंसिर, काठमाडौं । संघीय संसद् सेवाको सर्वाेत्कृष्ट पुरस्कार उपसचिव सिर्जना बरालले पाएकी छन् ।

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको अध्यक्षतामा बसेको संघीय संसद व्यवस्थापन समितिले १ लाख रुपैयाँ राशिको पुरस्कारका लागि बरालको नाम छनोट गरेको थियो ।

बुधबार संसद सेवा दिवसको अवसरमा आयोजित कार्यक्रममा उनै राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले बराललाई प्रमाणपत्रसहित पुरस्कार प्रदान गरे ।

७५ हजार रुपैयाँ रहेको उत्कृष्ट संसद सेवा पुरस्कार शाखा अधिकृत बाबुराम बस्यालले पाए । ५० हजार रुपैयाँको संसद सेवा पुरस्कार खरिदार चन्द्रप्रसाद ढुंगाना र माली चन्द्रबहादुर नगरकोटीले प्राप्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?