+
+

अमेरिकाले बनायो १०० गुणा तातो कृत्रिम सूर्य, प्राप्त हुनेछ स्वच्छ र सस्तो ऊर्जा

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २९ गते ११:४१

कैयन् दशकको प्रयास पश्चात् अन्ततः अमेरिकी वैज्ञानिकहरुले कृत्रिम सूर्य बनाउन सफल भएका छन् । उक्त कृत्रिम सूर्य वास्तविक सूर्यको सतहभन्दा १०० गुणा बढि तातो छ ।

अमेरिकी ऊर्जा मन्त्रालयले यही १३ डिसेम्बर २०२२ मा एउटा अहम् घोषणा गरेको छ । मन्त्रालयका अनुसार केही दशक देखिको प्रयासपछि पहिलोपटक न्युक्लियर फ्युजनबाट अधिक ऊर्जा प्राप्त गर्नमा सफलता मिलेको छ । यद्यपि यसरी उत्पादित ऊर्जाबाट आम मानिसलाई फाइदा मिल्नका लागि भने समय लाग्नेछ ।

भविष्यमा यो प्रविधिको सहायताले ठूलो परिमाणमा स्वच्छ, प्रदुषणमुक्त ऊर्जा आपूर्ति गर्न सहज हुनेछ जुन सस्तो हुनुका साथै निरन्तर प्राप्त हुनेछ ।

मिसिगन विश्वविद्यालयमा परमाणु इन्जिनियरिङ विभागका सहायक प्राध्यापक क्यारोलिन कुरन्जले न्युक्लिएर फ्युजनबाट ऊर्जा उत्पादनको रेकर्ड तोडिएको बताएका छन् ।

फ्युजन च्याम्बरमा के भयो ?

न्युक्लियर फ्युजन एक परमाणु प्रतिक्रिया हो जहाँ दुईवटा परमाणुलाई जोडे एउटा वा एकभन्दा अधिक नयाँ परमाणुलाई केही कम द्रव्यमानमा तयार गरिन्छ । यसमा द्रव्यमानको अन्तरलाई ऊर्जामा परिणत गरिन्छ । त्यहाँ आइन्स्टाइनको E=MC2 सूत्र लागू हुन्छ ।

प्रकाशको गति निकै अधिक हुन्छ । यस्तोमा परमाणुको कूल द्रव्यमानको एक सानो अंशलाई पनि ऊर्जामा परिणत गर्दा निकै धेरै ऊर्जा उत्पादन हुन्छ । यही प्रक्रिया न्युक्लियर फ्युजनमा हुन्छ ।

क्यालिफोर्नियास्थित नेसनल इग्निसन फ्यासिलिटीका शोधकर्ताहरुले पहिलोपटक यो क्षमताको प्रदर्शन गरेका छन् । यसलाई फ्युजन इग्निसन भनेर पनि चिनिन्छ । यो प्रयोग गर्नका लागि एउटा सुनको भाडोमा ड्युटेरियम तथा ट्रिटियमको अतिरिक्त न्युट्रोनसँग हाइड्रोजनका दुईवटा अणुबाट बनेको इन्धनको एक मिलिमिटर प्यालेटमा १९२ लेजर हानिन्छ ।

जब लेजर सुनको भाँडोमा ठोक्किन्छ तब त्यसले एक्सरे पैदा गर्दछ, जुन इन्धन प्यालेटको सिसाको घनत्वभन्दा २० गुणा अर्थात् ३० लाख डिग्री सेल्सियस भन्दा पनि बढी तातो हुन्छ । यो भनेको सूर्यको सतहभन्दा १० गुणा बढी तातो हो । यदि यो स्थितिलाई लामो समयसम्म राख्न सकिएमा इन्धन फ्युज भएर ऊर्जा उत्पादन हुनेछ ।

फ्युजन रिएक्सनमा सफलताको आँकलन गर्नका लागि भौतिक वैज्ञानिकहरुले फ्युजनको प्रक्रियाबाट उत्पन्न उर्जा र लेजरको भित्रको ऊर्जाको मात्राको बीचको अनुपातको तुलना गर्दछन् । यो अनुपातलाई लाभ भनिन्छ ।

गत डिसेम्बर ५ मा नेसनल इग्निसन फ्यासिलिटीले २० लाख जूल लेजर ऊर्जा १५ मिनेटका लागि पैदा गर्‍यो, जुन पछि बढेर ३० लाख जुल बन्यो । सन् २०२१ को अगष्टमा सोही परीक्षणमा त्यहाँ ०.७ लाभ प्राप्त भएकोमा पछिल्लो परीक्षणमा उक्त लाभ कीर्तिमानी करिब १.५ पुगेको छ ।

न्युक्लियर फ्युजनमा लगातार काम गर्नु आवश्यक हुन्छ र त्यसमा लगातार सुधार पनि सम्भव छ । सकारात्मक परिणाम हासिल गर्नका लािग वैज्ञानिकहरुले दशकौंदेखि काम गरिरहेका छन् ।

लेजरको आविष्कार सन् १९६० मा भएको थियो । सन् २००९ मा अमेरिकी सरकारले नेशनल इग्निसन फ्यासिलिटीको निर्माण पूरा गर्दा त्यो त्यसबेलाको सर्वाधिक शक्तिशाली लेजर सुविधा थियो । जुन अधिकतम १० लाख जूल ऊर्जा पूराउन सफल भएको थियो । त्यो क्षमता बढेर अहिले २० लाख जूल सम्म पुगेको छ । फ्युजनलाई स्थितिलाई निरन्तर कायम राख्नु चुनौतीपूर्ण हो तर भविष्यमा यो सम्भव छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?