 
																						फाइल तस्वीर ।								
											२९, मंसिर, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा दुई गैंडा मृत फेला परेका छन् । निकुञ्जको अमलटारी सेक्टरको कुजौली रेञ्जपोस्ट अन्तर्गत नारायणी नदी किनारमा रहेको निकुञ्जको कोर क्षेत्रमा ६ महिनाको भाले गैंडा बृधबार मृत फेला परेको हो ।
सो गैंडाको खाग नपलाएको निकुञ्जका सूचना अधिकारी गणेश तिवारीले जानकारी दिए । यस्तै निकुञ्जको अमलटारी सेक्टर लामीचौर पोष्ट अन्तर्गत गुन्द्रही ढका मध्यवर्ती सामुदायिक वन क्षेत्र आज विहान एक पोथी गैंडा मृत फेला परेको छ ।
१५ बर्षको पोथी गैंडा आपसमा जुधेर मरेको हुनसक्ने निकुञ्जका सूचना अधिकारी तिवारीले बताए । गैंडाको खाग र खुर सुरक्षित छ । चालु आर्थिक बर्षमा निकुञ्ज र मध्यवर्ती क्षेत्रमा ५ गैंडा मृत भेटिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4