+
+

रोल्पाका फरार अभियुक्त २९ वर्षपछि पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १ गते १४:१७

१ पुस, रोल्पा । रोल्पामा एक फरार अभियुक्त २९ वर्ष पछि पक्राउ परेका छन । पक्राउ पर्नेमा रोल्पा त्रिवेणी गाउँपालिका वडा नं. ७ का अमरवहादुर डाँगी रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।

२०५० असोज ३१ गते राति ९ वजेको समयमा साविक गैरी गाउँगाउँ गाविस वडा नं. ९ राम्ली धुलसीबोट खोलामा सोही ठाउँ वस्ने अमरसिंह झाँक्री र अमरवहादुर डाँगी विच राजनीतिक विषयमा विवाद भएको थियो ।

विवाद झैझगडामा रुपान्तरण भई सो विषयमा रिसिईवी बढ्दै जाँदा अमरवहादुर डाँगीसमेतका व्यक्तिहरुले अमरवहादुर झाँक्रीलाई ढुंगा,लाठाी,छुरी र भाला समेतले आक्रमण गरि निर्मम तरिकाले हत्या गरि फरार रहेको प्रहरीको भनाइ छ ।

उक्त मुद्दाको रोल्पा जिल्ला अदालतले २०७० वैशाख ३१ गते फैसला गरेको थियो । फैसलामा अमरबहादुर डाँगीलाई सर्वश्वसहित जन्मकैदको तोकिएको थियो ।

अदालतको फैसलापछि अभियुक्त फरार रहेकाले फैसला कार्यान्वयनका लागी जिल्ला प्रहरी कार्यालय रोल्पा र ईलाका प्रहरी कार्यालय होलेरीबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दा उनलाई मंसिर २८ गते दिउसो १२ वजे रुन्टीगढी गाउँपालिका वडा नं. ६ डुव्रिङमा फेला पारी पक्राउ गरेको थियो ।

पक्राउ डाँगीलाई मंसिर २९ गते रोल्पा जिल्ला अदालतमा उपस्थित गराई अदालतको आदेशले लागेको कैद, सजाय भुक्तानका लागी जिल्ला कारागार कार्यालय रोल्पाको थुनामा पठाइएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?