+
+

चितवन गार्डेन रिसोर्टको भान्सा सिल

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १ गते १४:५०

१ पुस, काठमाडौं । बिहे भोजमा खाना खाएका सबै जना बिरामी परेपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चितवनको चितवन गार्डेन रिसोर्टलाई खाद्य वस्तु उत्पादनमा रोक लगाएको छ ।

प्रारम्भिक अनुसन्धानमा बिहे भोजमा सहभागी ३ सय जना मानिसहरु एकै पटक बिरामी पर्नुमा रिर्सोटको भान्सा फोहोर भएको र पकाइएको खानाको गुणस्तरमा समस्या देखिएको विभागले जनाएको छ ।

रिसोर्टको भान्सामा भएको अखाद्य वस्तुको प्रयोगबारेको विस्तृत प्रयोगशाला विवरण नआइन्जेल रिसोर्टको भान्सा सिल गरिएको विभागकी महानिर्देशक मतिना जोशी वैद्यले जानकारी दिइन् ।

अनुगमन क्रममा म्याद सकिएको खाद्य वस्तुको प्याकेटिङ भेटिएको, तेलको गुणस्तरमा प्रश्न उठेको र भान्साको सरसफाइमा ध्यान नपुगेको पाइएको छ ।

भान्सामा देखिएको किटाणु, यस्तो हुनुको कारण लगायतबारे प्रयोगशाला रिपोर्ट आएपछि मात्रै रिसोर्टको भान्सा खुला गरिने विभालगे जनाएको छ । गत २६ मंसिरमा रिर्सोटमा आयोजित बिहे भोजमा सहभागी ३ सय जना पहुना खाना खाइसके पछि बिरामी परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?