+
+
Shares

चिरिबाबुलाई बालेनको प्रस्ताव : नेवाः विश्वविद्यालय स्थापनामा सहकार्य गरौं

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २ गते १४:४४

२ पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन (बालेन्द्र) साहले नेवाः सभ्यतासम्बन्धी विश्वविद्यालय स्थापना र वागमती नदीको सफाइका लागि सहकार्य गर्न ललितपुर महानगरपालिकासँग प्रस्ताव गरेका छन् ।

ललितपुर महानगरपालिकाको १०४ औं स्थापना दिवसको अवसरमा शनिबार आयोजित कार्यक्रममा उनले यी दुवै काम काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिका एक्लाएक्लैले गर्न नसक्ने भएकाले सहकार्य अनिवार्य रहेको धारणा राखे ।

मेयर साहले उपत्यकाको कला, संस्कृति र सभ्यता नयाँ पुस्तालाई हस्तान्तरण गर्न र यसलाई अन्तर्राष्ट्रियकरण गर्न पनि नेवाः सम्बन्धी विश्वविद्यालय आवश्यक पर्ने बताए ।

‘ललितपुर महानगरपालिका एकदमै जेठो नगरपालिका भएको हुनाले हाम्रो सम्पदा, संस्कृति अथवा नेवाः सभ्यतासम्बन्धी युनिभर्सिटीका लागि पनि पहल गरिदिन पनि म यहीबाट अनुरोध गर्न चाहन्छु’ उनले कार्यक्रममा भने, ‘त्यसका लागि काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकाले सहकार्य गरेर गर्नसक्छ ।’

नेवाः सभ्यताको अभिलेखीकरणका लागि पनि यो काम महत्वपूर्ण हुने भन्दै मेयर साहले विश्वविद्यालयका माध्यमबाट यहाँका कला कौशल अन्तर्राष्ट्रियकरण गर्न सकिने धारणा राखे । ‘हाम्रा बाजाहरुलाई डिग्रीको कोर्समा समावेश गर्नसक्छौं । नेवाः सभ्यताभित्र धेरै पक्षहरु छन्, सम्पूर्णलाई मान्छेले पढुन् । नयाँ पुस्ताले त्यो कुरालाई सिक्न पाउन् भन्ने चाहना पनि छ’ उनले भने ।

दुवै महानगरपालिकाले गर्नुपर्ने अर्को महत्वपूर्ण काम वागमतीको स्थायी सरसफाइ हुनुपर्ने पनि मेयर साहले बताए ।

‘अस्थायी सफाइ अभियान त धेरै हुन्छन् । स्थायी रुपमा यसको सरसफाइ गर्नलाई काठमाडौं र ललितपुर महानगर दुवैले सहकार्य गर्नुपर्छ । यो काम काठमाडौं एक्लैले पनि सक्दैन । ललितपुर एक्लैले पनि सक्दैन’ उनले भने, ‘हामी दुईटा महानगरपालिका, वागमती सभ्यता एकीकृत परियोजना, सहरी विकास मन्त्रालयले सहकार्य गरेर वागमतीको पानीलाई निलो सफा पानी बनाउन हामीले त्यसमा सहकार्य गर्नै पर्छ ।’

यो कार्यकालमा नेवाः विश्वविद्यालय र वागमतीको स्थायी सफाइ गर्न सकेमा राम्रो सन्देश जाने मेयर बालेनले बताए । उनले प्राचीन ढुंगेधाराहरुको संरक्षणमा ललितपुर महानगरपालिकाले गरेको काम सिक्नलायक रहेको पनि बताए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?