+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

कहीँ पनि पुनः मतदान र पुनः मतगणना हुदैन : दिनेश थपलिया

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २ गते १६:३५

२ पुस, विराटनगर । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले कुनै पनि क्षेत्रमा पुन निर्वाचन र पुन मतगणना गर्नुपर्ने अवस्था नरहेको बताएका छन् ।

मंसिर ४ गतेको निर्वाचनको मतपरिणाम प्रतिवेदन प्रदेश १ का प्रदेश प्रमुख परशुराम खापुङलाई बुझाएका थपलियाले शनिबार प्रदेशसभा सचिवालयमा पत्रकार सम्मेलन गर्दै यस्तो बताएका हुन् ।
निर्वाचन आयोगले निष्पक्ष रुपमा निर्वाचन गरेको दाबी गर्दै उनले पुनः मतगणना र पुनः मतदान गर्न नपर्ने बताए ।

‘आयोगले गरेको कुनैपनि निर्णयमाथि पुनरावेदन लाग्छ, अदालतबाट भएको आदेश पालना गर्न आयोग प्रतिवद्ध छ’, उनले भने,‘ आजका मितिमा यो निर्वाचनमा कहीँ पनि एउटा मतदान अधिकृतले आफ्नो स्वार्थ सिद्धिका लागि कुनै काम गरेका छैनन्, कुनै सुरक्षाकर्मी चुकेको छैन र कहीँ पनि पुनः मतदान गर्नुपर्ने वा फेरि मतगणना गर्नुपर्ने अवस्था सिर्जना भएको छैन ।’

निर्वाचनमा खटिएका सबै कर्मचारीले निष्ठापूर्वक काम गरेको उनको दाबी छ । इलाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा पूर्व प्रधानमन्त्री झलनाथ खनालले पुनः मतदान गर्नुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

खनालको रिट प्रति संकेत गर्दै थपलियाले यस्तो बताएका हुन् । उनले भने, ‘उम्मेदवारलाई सानो, ठूलो, कमजोर भन्ने कुरा नबोलौं, उम्मेदवार बराबर हुन् ।’

‘मरेका मान्छेले भोट हालेका छैनन्’

सामाजिक सञ्जालमा स्याङ्जामा मरेका मान्छेको नामबाट पनि मतदान भएको भन्दै निर्वाचन आयोगको आलोचना भइरहेको छ । स्याङ्जामा मृतकको नामबाट मतदान गरेको विषयमा प्रमुख आयुक्त थपलियाले प्रतिवाद गरे । उनले मरेका व्यक्तिको नामबाट मतदानको सम्भावना नरहेको बताए ।

‘नेपालका कुनै पनि ठाउँमा मरेका मान्छे जिउँदो हो भनेर प्रमाणित गर्ने कुनै राजनीतिक दल छ ?’ उनले भने, ‘त्यहीँ (मतदान केन्द्रमा) बसेको मान्छेले मरेको मान्छे जिउँदो भएर आयो भनेर सही छाप गर्न सक्छ ? यदि सक्छ भने मरेको त्यो मान्छे होइन, हामी मृतक हौं ।’ उनले मरेका मान्छेलाई जिउदो भन्ने र भोट हाल्ने विषय आफूलाई विश्वास नै नलाग्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?