+
+

‘भ्वाइस’बाट बाहिरिएका भुटानका रिहान गिरी भन्छन्- नेपाली केटीसँगै बिहे गर्छु

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ३ गते १६:४०

काठमाडौं । ‘द भ्वाइस अफ नेपाल’को चौथो सिजनको सेमिफाइनल प्रतिस्पर्धाबाट चार जना बाहिरिए । तीमध्ये एक थिए भुटानका रिहान गिरी ।

भ्वाइसकै लागि भनेर भुटानबाट नेपाल आएका उनले टिम राजु (राजु लामा)बाट प्रतिस्पर्धा त गरे तर कम भोट ल्याएपछि सेमिफाइनलबाटै आउट भए । उनको गायकी र पर्सनालिटीलाई मन पराउने थुप्रै फ्यान छन् ।

भ्वाइसपछि उनको फ्यान फलोइङ बढेको देखियो । लगातार बटम थ्रीमा परेका रिहान बाहिरएपछि उनका फ्यान निराश हुनु स्वभाविक हो । भ्वाइसकै ट्यालेन्ट वर्षा इटानीसँग उनको नाम समेत जोडिएर गसिप बने । तर उनीहरु एकअर्काले मिल्ने साथी मात्र बताउने गरेका छन् ।

नेपाल आउने सपना रहेको भन्दै उनले नेपाली केटीसँगै विवाह गर्ने धोको समेत रहेको बताए । ‘सुरुमा त विवाह गर्ने सोच थिएन । अब भने सोच्दैछु कि नेपाली केटीसँग विवाह गरुम कि भनेर,’ उनले भने । तर कोसँग भनेर उनले खुलाएनन् ।

भ्वाइसको क्रममा युवती प्रतिस्पर्धी मिल्ने साथी बनेको उनले बताए । नेपाली संगीतमै भविष्य बनाउने योजना रहेको समेत उनले बताए । भुटानबाट आएका रिहान पप रक जनरामा गीत गाउन सिपालु मानिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?