+
+

मेसीले बनाए विश्वकपमा सर्वाधिक खेल खेल्ने कीर्तिमान

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ३ गते २०:४६
फाइल तस्वीर ।

३ पुस,  काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनल मेसीले फिफा विश्वकपमा सर्वाधिक खेल खेल्ने खेलाडी बनेका छन् ।

कतारमा जारी २२औं संस्करणको विश्वकप फुटबल फाइनलमा फ्रान्स विरुद्ध मैदान उत्रेसँगै मेसीले सर्वाधिक २६ खेल खेल्ने कीर्तिमान बनाएका हुन् ।

जारी विश्वकपमा सातौँ खेल खेलिरहेका मेसीले जर्मनीका लोथार म्याथाउसको २५ खेलको कीर्तिमान तोडेका हुन् ।

सन् २००६ मा सर्विया एण्ड मोन्टेनेग्रो विरुद्ध खेल्दै विश्वकपमा डेब्यु गरेका मेसी सर्वाधिक ५ विश्वकप खेल्ने ६ खेलाडीमध्ये एक हुन् ।

मेसीले फ्रान्स विरुद्ध २४ मिनेटभन्दा बढी खेलेपछि अर्को कीर्तिमान पनि बनाउनेछन् । मेसीले विश्वकपमा सर्वाधिक २ हजार २१७ मिनेट खेल्ने पाउलो माल्दिनीको कीर्तिमान तोड्नेछन् ।

मेसीले सन् २००६ मा तीन खेल खेलेका थिए भने २०१० मा पाँच खेल खेलेका थिए । यस्तै २०१४ मा फाइनल पुग्दा ७ र २०१८ मा ४ खेल खेलेका थिए ।

मेसीले विश्वकपमा अहिलेसम्म खेलेको २५ खेलमा ११ गोल गरिसकेका छन् । उनले पाँच मध्ये चार विश्वकपमा गोल गरेका थिए ।

जारी विश्वकपमा उनी ५ गोल गर्दै फ्रान्सका केलिएन एमबाप्पेसँगै संयुक्त रुपमा शीर्ष स्थानमा छन् । धेरै असिस्ट गरेकोले मेसी गोल्डेन बुट होडमा भने अघि छन् ।

मेसीले २००६ को विश्वकपमा १ गोल गरेका थिए भने २०१० मा गोल गर्न सकेनन् । यस्तै २०१४ मा उनले चार गोल गरेका थिए । २०१८ मा पनि उनले एक गोल मात्र गरे ।

३५ वर्षको उमेर पनि मेसी यो विश्वकपमा उत्कृष्ट फर्ममा देखिएका छन् र ६ मध्ये पाँच खेलमा गोल गरेका छन् । मेसीले समूह चरणमा पोल्याण्ड विरुद्ध मात्र गोल गर्न सकेनन् । नकआउट चरण अन्तर्गत अन्तिम १६, क्वाटरफाइनल र सेमिफाइनलमै मेसीले गोल गरे ।

फाइनलमा फ्रान्स विरुद्ध गोल गरे मेसी नकआउट चरणको चारवटै खेलमा गोल गर्ने पहिलो खेलाडी बन्नेछन् ।

मेसीले सर्वाधिक गोलकर्ता बनेमा उनी गोल्डेन बुट जित्ने सबैऐन्दा पाका खेलाडी बन्नेछन् । मेसीले सन् २०१४ मा अर्जेन्टिनालाई फाइनल पुर्‍याउँदा गोल्डेबल बल अवार्ड जितेका थिए । यदी मेसीले यस संस्करणमा पनि उत्कृष्ट खेलाडी बन्दै गोल्डेन बल जिते उनी विश्वकप इतिहासमा दुई फरक संस्करणमा गोल्डेन बल जित्ने पहिलो खेलाडी बन्नेछन् ।

मेसी विश्वकपमा सर्वाधिक गोल गर्नेमा संयुक्त रुपमा छैटौं स्थानमा छन् भने पेले भन्दा एक गोलले मात्र पछि छन् । इटलीका सान्डोर कोसिस र जर्मनीका युर्गेन क्लिन्समेनले पनि समान ११ गोल गरेका हुन् । ब्राजिलका महान खेलाडी पेलेले १२ गोल गरेका छन् ।

विश्वकपमा जर्मनीका मिरोस्लाभ क्लोजले सर्वाधिक १६ गोल गरेका छन् भने ब्राजिलका रोनाल्डोले १५, जर्मनीकै जर्ड मुलरले १४ र फ्रान्सका जस्ट फोन्टेनले १३ गोल गरेका छन् । फोन्टेनले १९५८ मा एक मात्र विश्वकप खेल्दै १३ गोल गरेका थिए ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?