
४ पुस, काठमाडौं । ३६ वर्षको लामो प्रतीक्षापछि अर्जेन्टिनाले विश्वकपको उपाधी हात पार्यो । विश्वकप ट्रफी उचालिरहँदा लियोनेल मेस्सी कालो पहिरनमा थिए ।
ट्रफी उचाल्न मञ्चमा उक्लिएपछि मेस्सीलाई कतारका अमिर शेख तमीम बिन हमद अल थानीले कालो र सुनौलो रंगको जाली भएको लुगा लगाइदिए ।
अहिले उक्त लुगा लगाएको मेस्सीको तस्वीर सामाजिक सञ्जालमा धेरै चर्चामा छ । जितको खुसीयालीमा कालो लुगा लगाइदिएको, मेस्सीको जर्सी छोपिएको भन्दै मेस्सीका समर्थकहरुले आलोचना पनि गरिरहेका छन् ।
त्यसो भए के हो त मेस्सीलाई लगाइएको कालो लुगा ?
मेस्सीलाई लगाइदिएको लुगालाई विश्ट भन्छन् । यो अरब देशहरुको सांस्कृतिक पहिरन हो । यो लुगा अरबमा विशेष अवसरमा लगाउने गरिन्छ ।
कतार टुर्नामेन्ट आयोजक समितिका महासचिव हसन अल थवाडीका अनुसार ‘यो विशेष समारोहमा लगाइन्छ । मेस्सीको जितको सम्मानमा कतारले उनलाई यस्तो लुगा लगाइदिएको हो ।’
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4