+
+

कतार विश्वकपका उत्कृष्ट

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ४ गते १८:४३

४ पुस,  काठमाडौं । ६४ खेल, १७२ गोल र इतिहासकै उत्कृष्ट मध्ये एक फाइनलपछि फिफा विश्वकप २०२२ सम्पन्न भएको छ ।

साविक विजेता फ्रान्सलाई पेनाल्टी शुटआउटमा हराएर अर्जेन्टिना तेस्रो पटक च्याम्पियन बन्यो । यो विश्वकपका उत्कृष्ट खेलाडी, क्षण र समर्थक :

उत्कृष्ट खेलाडी

लियोनल मेसीले आफ्नो अन्तिम विश्वकप खेलमा गोल्टेन ट्रफी उचाल्दै आफ्नो करियरलाई सार्थक बनाए ।

मेसीले प्रतियोगिताको उत्कृष्ट खेलाडी बन्दै गोल्डेन बल जिते । मेसीले प्रतियोगिताभर ७ गोल गर्नुका साथै ३ असिस्ट समेत गरे । उनको लागि यो अहिलेसम्मकै उत्कृष्ट विश्वकप बन्यो ।

अर्जेन्टिनाले खेलेको सातवटै खेलमा मेसीले स्टार प्रदर्शन गरे । उनले विश्वकपमा सर्वाधिक २६ खेल खेल्दै जर्मनीका लोथार म्याथावसको कीर्तिमान ब्रेक गरे ।

मेसी ब्राजिलका पेले र अर्जेन्टिनाकै डिएगो म्याराडोनासँगै महान खेलाडीको सूचीमा समावेश भएका छन् ।

उत्कृष्ट गोल

ब्राजिलका रिचार्लिसनले सर्विया विरुद्ध उत्कृष्ट गोल गरे । उनले पेनाल्टी स्पट नजिकैबट एक्रोब्याटिङ गोल गरेका थिए । यस खेल ब्राजिलले २-० ले जित्दै प्रतियोगिता सुरु गरेको थियो । नेमार भने खेलको अन्त्तयतिर घाइते हुँदै मैदान बाहिरिएका थिए ।

उत्कृष्ट बचाउ

फाइनलमा खेलमा अतिरिक्त समयमको पनि थप गरिएको समयमको २० सेकेण्ड मात्र बाँकी थियो । फ्रान्सका रान्डल कोलो मुबनी अर्जेन्टिनाका गोलकिपर एमिलियानो मार्टिनेजलाई क्लिन आउट गरे ।

यो गोलले जित र उपाधि फ्रान्सको पोल्टोमा पर्ने थियो, तर मार्टिनेजले बललाई रोक्न आफ्नो देब्रे खुट्टालाई बाहिर निकाले । उनले उत्कृष्ट बचाउ गरे । विश्वकप फाइलनमा मेस्सीका गोल जित महत्वपूर्ण रहे यो बचाउ पनि त्यस्तै महत्वपूर्ण थियो ।

उत्कृष्ट खेल

अर्जेन्टिना दुई उत्कृष्ट खेलमा सहभागी भयो । पहिलो नेदरल्याण्ड्स विरुद्धको क्वाटरफाइनल खेल । जसमा गोल, ड्रामा सबै थियो । खेलको इन्जुरी टाइमको ११ औं मिनेटमा गोल भएपछि निर्धारित समयको खेल २-२ को बराबरीमा सकिएको थियो । त्यसपछि पेनाल्टी शुटआउटमा अर्जेन्टिना विजयी भयो ।

मेसीले समेत पोष्ट म्याचमा नेदरल्याण्ड्सका खेलाडी विरुद्ध नराम्रो बोलेका थिए । ‘तिमी के हेर्दै छौ, मूर्ख?’ ।

त्यसपछि सोही लुसेल स्टेडियममा फाइनल खेल भयो । जुन खेल सबैभन्दा उत्कृष्ट रह्यो ।

उत्कृष्ट क्षण

यो विश्वकपको भिडभाडमा धेरै स्तब्ध नतिजा आए । तर नेदरल्यान्ड्सले क्वार्टरफाइनल खेलको दोस्रो हाफको इन्जुरी टाइमको ११ औं मिनेटमा अर्जेन्टिना विरुद्ध एक साहसी फ्रिकिकले एक्स्ट्रा टाइममा पुर्‍यायो त्यो क्षण बराबर अरु कुनै छैन ।

सम्भवत खेलको अन्तिम पासको रुपमा रहेको अवस्थामा टिउन कुपमेइनर्सले छोटो पास खेले । वाउट वेघोर्सटले बल छोए र गोल गरे ।

सबैभन्दा निराशाजनक टिम

बेल्जियम विश्व नम्बर दुई टिमको रुपमा कतार पुगेको थियो । टिममा विश्वकै चर्चित खेलाडीहरु थिए । समूह चरणका ३ खेलमा मात्र १ गोल गरेको बेल्जियमले समूह चरण पार गर्न सकेन । प्रशिक्षक रोवर्टो मार्टिनेजले पद छाडे ।

जर्मनी लगातार दोस्रो पटक विश्वकपको समूह चरणबाटै बाहिरियो । जुन अर्को निराशाजनक टिम थियो ।

उत्कृष्ट समर्थक : हल्लाका लागि मोरक्को, जोशका लागि अर्जेन्टिना

आफूलाई व्यवस्थित गर्ने तरिकाको लागि उत्कृष्ट टिम : जापान ।

रिभेलेसन (प्रकटीकरण) :  ३१ वर्षको उमेरका एन्टोनी ग्रिजम्यानले फ्रान्सको लागि मिडफिल्ड प्लेमेकरको रूपमा आफूलाई पुन: आविष्कार गरे । आफ्नो सम्पूर्ण करियरमा फरवार्डको रूपमा खेले । उनी प्रतियोगिताको उत्कृष्ट खेलाडीमध्ये एक थिए ।

उत्कृष्ट भनाइ : ‘मलाई महसुस भयो कि यो एक हो’, लिओनल मेस्सीले पहिलो पटक विश्वकप जितेपछि भनेका थिए ।

कार्डमा कीर्तिमान : विश्वकपकै कीर्तिमानी १७ पहेँलो कार्ड र एक रातो कार्ड कतार विश्वकपमा देखाइयो ।

कतारमा फ्लप

सबैभन्दा फ्लप नाम र प्रोफाइल हेर्दा पोर्चुगलका क्रिस्टियानो रोनाल्डोको लागि कतार विश्वकप सम्झनलायक रहेन ।

उनले समूह चरणमा घाना विरुद्ध पेनाल्टीमा गोल गर्दै विश्वकप इतिहासमा पाँच फरक संस्करणमा गोल गर्ने पहिलो खेलाडी बने । तर विश्वकपअघि क्लब विहीन बनेका रोनाल्डोको लागि अरु केही कुरा पनि राम्रो रहेन । उरुग्वे विरुद्ध ब्रुनो फर्नान्डेजले गरेको गोल आफ्नो भन्ने उनको दावी पनि सही भएन ।

दक्षिण कोरिया विरुद्धको खेलमा परिवर्तन भएपछि उनले प्रशिक्षकसँग खराब व्यवहार देखाए । त्यसपछि झन् उनको लागि खराब बन्यो । नकआउट चरणमा उनी स्वीजरल्याण्ड र मोरक्को विरुद्धको खेलमा उनी बेञ्चमा रहे ।

क्वाटरफाइनलमा पोर्चुगल मोरक्कोसँग १-० ले पराजित भएपछि आप्नो विश्वकप करियर सकिएपछि रोनाल्डो निकै भावुक बने । उनले प्रतियोगिताभर एक गवल मात्र गरे ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?