
दलको नेताको उम्मेदवारी दर्ता गर्न कांग्रेस संसदीय दलको कार्यालयमा पुगेका देउवा । तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर
५ पुस, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय दलको नेतामा उम्मेदवारी दिने भएका छन् । त्यसका लागि उनी सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा पुगेका छन् ।
देउवाको समर्थकमा वरिष्ठ नेता रामचन्द्र पौडेल छन् । उनी आफैं संसदीय दलको नेताका आकांक्षी थिए र देशको नेतृत्व गर्छु भन्दै चुनावमा भोट मागेका थिए । तर देउवाले नछाडेपछि उनी समर्थक बसेका छन् ।
डा. शेखर कोइराला समूहले भने महामन्त्री गगनकुमार थापालाई दलको नेताको उम्मेदवार बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4