+
+

आईएमईको चाडपर्व लक्षित अफरका विजेतालाई चेक हस्तान्तरण

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ५ गते १६:४८

काठमाडौं । आईएमईले दशैं, तिहार, छठ र नेपाल सम्वत् जस्ता चाडपर्वलाई लक्षित गर्दै सञ्चालन गरेको अफरका विजेता मेखलाल तामाङ बनेका छन् । मेखलालको सिफारिसमा कम्पनीले बेलीमाया तामाङलाई मंगलबार १० लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ ।

मंगलबार काठमाडौंको पानीपोखरीस्थित आईएमईको केन्द्रीय कार्यालयमा आयोजित एक विशेष कार्यक्रमकाबीच कम्पनीका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले तामाङलाई उक्त चेक हस्तान्तरण गरेका हुन् ।

आईएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामक थिममा आधारित अफरको विजेता मेखलाल बनेका थिए । मेखलालले मलेसियाबाट आईएमई मार्फत १४ हजार ५० रुपैयाँ पठाएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?