+
+

राष्ट्रपतिले जबरालाई आज शपथ खुवाउँदै, अरू सांसदहरुले भोलि

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ६ गते ७:३१

६ पुस, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सबैभन्दा ज्येष्ठ प्रतिनिधि सभा सदस्य पशुपति शमसेर जबरालाई आज शपथ ग्रहण गराउँदैछिन् । बुधबार दिउँसो १ बजे शितल निवासमा जबराले शपथ ग्रहण गर्न लागेका हुन् ।

उनले बुधबार राष्ट्रपतिबाट शपथ खाएपछि बिहीबार प्रतिनिधि सभा सदस्यहरुलाई शपथ ग्रहण गराउने छन् । नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुले बिहीबार दिउँसो १ बजे संघीय संसद भवनमा शपथ ग्रहण गर्ने कार्यक्रम तय भएको छ ।

नागरिकताको प्रमाणपत्र अनुसार जबराको जन्म मिति १९९८ मंसिर २४ गते छ । यही आधारमा उनी नवनिर्वाचित सांसदहरुमध्ये सबैभन्दा जेठो ठहरिएका हुन् । जबरा राप्रपाबाट समानुपातिकतर्फका सांसद हुन् ।

प्रतिनिधिसभाको सभामुख र उपसभामुखको निर्वाचन नभएको वा दुवै पद रिक्त भएको अवस्थामा प्रतिनिधिसभाको ज्येष्ठ सदस्यले शपथ ग्रहण गराउने संवैधानिक व्यवस्था छ । प्रतिनिधिसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रतिनिधिसभाका सदस्यमध्येबाट सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?