+
+

दयाहाङ राईको ‘फोर नाइट्स’ मानवअधिकार फिल्म फेस्टिभलमा सर्वोत्कृष्ट

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ६ गते १८:४४

काठमाडौं । दीपक रौनियार निर्देशित फिल्म ‘फोर नाइट्स’ले दशौं मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सर्वोत्कृष्ट नेपाली फिक्सन फिल्मको अवार्ड जितेको छ ।

अवार्ड ग्रहण गर्दै अभिनेता दयाहाङ राईले फिल्म निर्माताको सिर्जनशीलता र संघर्षलाई यो फिल्मले उठान गरेको बताए । फिल्मपछि दयाहाङसँग छलफल समेत चलाइएको थियो ।

बर्लिन फिल्म फेस्टिभलमा विश्व प्रिमियर भएको छोटो फिल्मले फिल्म बनाउन संघर्ष गरिरहेको फिल्ममेकरको चार रातसम्मको कथा भन्छ । निर्देशक रौनियारले आफ्नै फिचर फिल्म ‘सेतो सूर्य’को वास्तविक कथालाई यसमा समेटेको अनुमान छ ।

नेपाली खण्डतर्फ पिंकी श्रीश रानाको ‘हजुर’ र सन्तोष दाहाल निर्देशित ‘द मिराज’ पुरस्कृत भएका छन् । अनिल बुढामगर निर्देशित ‘द आइरन डिगर’ उत्कृष्ट नन–फिक्सन नेपाली फिल्म घोषित भयो । यस्तै स्पेसल मेन्सन विधातर्फ सम्राट खनाल निर्देशित फिल्म ‘थ्रु द सिङ्गिङ भिलेज एण्ड डेथ्स अनएक्सप्लेन्ड’ उत्कृष्ट बन्यो ।

अन्तर्राष्ट्रिय खण्डतर्फ लिरिस हर्म निर्देशित फिनल्याण्डको फिल्म ‘सेपहर्ड्स अफ द अर्थ’ उत्कृष्ट नन–फिक्सन अन्तर्राष्ट्रिय फिल्म घोषित भयो । डेराया डेनिज निर्देशित रुसी फिल्म ‘हेजा’ले स्पेसल मेन्सन अवार्ड जित्यो ।

छोटो फिल्मतर्फ स्पेसल मेन्सन चाहिं ‘द क्रिमिनल्स’ र ‘आयशा’ घोषित भए । जुरी स्पेसल मेन्सन अमेरिकाको एनिमेटेड फिल्म ‘मिजुको’ बन्यो ।

उत्कृष्ट घोषित फिल्मलाई राष्ट्रिय मानवअधिकार आयोगका सदस्य मिहिर ठाकुरले पुरस्कार वितरण गरे । मानवअधिकार केन्द्रको आयोजनामा भएको फेस्टिभल चार दिनसम्म नेपाल पर्यटन बोर्डमा चलेको थियो । यसपटकको फेस्टिभलको नारा ‘वातावरणीय न्याय’ थियो ।

यसपटकको संस्करणमा ३९ नेपाली र ३४ विदेशी गरी कुल ६४ फिल्म प्रदर्शन गरिएको थियो ।

तस्वीर : आर्यन धिमाल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?