+
+

कतार विश्वकपका ५ रोचक तथ्य

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ६ गते १९:५५

६ पुस, काठमाडौं । विश्वकप २०२२ संस्करण कतारमा समापन भएको छ । जसमा ६४ खेलमा १७२ गोल भए । अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी शुटमा पराजित गर्दै तेस्रो पटक विश्वकपको उपाधि जित्यो ।

रिसर्च गर्ने अन्तर्राष्ट्रिय संस्था नेल्सन्स ग्रेसनोटले कतार विश्वकपका केही रोचक तथ्य निकालेको छ ।

६४ वर्षपछि सबैभन्दा बढी अनपेक्षित नतिजा

कतारमा भएको प्रतियोगितामा ६४ वर्षपश्चात सबैभन्दा बढी अनपेक्षित नतिजा आयो । कतारमा भएको प्रतियोगितामा १५ खेलमा अनपेक्षित नतिजा आयो ।

यस विश्वकपमा अन्डरडग टिमहरुले जायन्ट भनिएका टिमहरुलाई हराए । यस विश्वकपको समुह चरणको तेस्रो खेलमा नै साउदी अरेबियाले अर्जेन्टिनालाई २–१ ले हराएको थियो । समुह चरणमा भएका १२ अप्रत्याशित नतिजामध्ये उक्त खेल एक थियो ।

मोरक्कोको उदय भयो । मोरक्कोले अन्तिम १६ मा स्पेनलाई र क्वाटरफाइनलमा पोर्चुगललाई हरायो । क्रोएसियाले ब्राजिललाई क्वाटरफाइनलमा हरायो । यस पटकको विश्वकपमा २४ प्रतिशत खेलको नतिजा अनपेक्षित आएको छ ।

यसअघि सन् १९५८ मा स्वीडेनमा भएको विश्वकपमा २६ प्रतिशत खेलको नतिजा अनपेक्षित आएको थियो ।

टार्गेट कम, गोल धेरै

यस वर्षको विश्वकपमा खेलालीले गोलका लागि १ हजार ४५८ टार्गेट सट प्रहार गरे । नेल्सन्स ग्रेसनोटले तथ्यांक राख्न सुरु गरेको सन् २००२ यताकै यो सबैभन्दा कम हो । २०१४ मा सबैभन्दा बढी १ हजार ६६१ टार्गेट थियो ।

कतारमा औसतमा प्रतिखेल २२.८ टार्गेट सट प्रहार भएको छ ।

टार्गेट कम भउ पनि यो वर्ष गोलको वर्षा हुन रोकिएन । यस पटक १७२ गोल भए । सन् १९९८ मा पहिलो पटक ३२ टिम सहभागी विश्वकपमा १७१ गोल भएको थियो । फ्रान्समा भएको त्यो विश्वकपमा ६४ खेलमा भएकै जति गोल सन् २०१४ मा ब्राजिलमा पनि भए ।

त्यसअघि सन् १९९४ मा २४ टिम सहभागी भएको र ५२ खेल खेलाइएको विश्वकपमा १४१ गोल भए । जुन प्रति खेल २.७१ गोल होे । कतारमा औसतमा प्रति खेल २.६९ गोल भए ।

कतारमा ३२ टिमका ११७ खेलाडीले गोल गरे ।

यस वर्ष पछिल्लो चार विश्वकपको तुलनाभन्दा यो वर्ष पेनाल्टी एरियाबाट सबैभन्दा बढी गोल भएको छ ।

९२.९ प्रतिशत गोल पेनाल्टी क्षेत्र भित्रबाट गरिएको छ । जसमा ६२.७ प्रतिशत सट बक्स भित्र गरिएको थियो ।

स्टपेज टाइम र सबैभन्दा सुल्झिएको विश्वकप

यस पटकको विश्वकपमा रेफ्रीले जम्मा २२७ वटा पहेंलो कार्ड देखाए । यो २०१० पछि सबैभन्दा बढी पहेंलो कार्डको संस्करण हो । यस पटक रेफ्रीलाई निर्णय गर्न सबैभन्दा बढी सहज भयो । पहिलो पटक विश्वकपमा भिडियो असिस्टेन्स रेफ्री भीएआर प्रयोग भएका कारण रेफ्रीलाई सहज भएको हो ।

यस पटकको विश्वकपमा जम्मा ४ वटा रातो कार्ड देखाइयो, यो मानेमा पनि यस संस्करणलाई सुल्झिएको भन्न सकिन्छ ।

यस खेलमा फाउलको संख्या १ हजार ६९९ रह्यो । जसमध्ये फाइनलमा ३ सहित रेफ्रीले २३ पेनाल्टी दिए ।

यस संस्करणमा अर्को रमाइलो पक्ष भनेको स्टपेज टाइम (थप गरिएको समय) को मात्रा पनि बढी रहेको थियो ।

युवा खेलाडी

२०२२ को संस्करणमा अन्य संस्करणको तुलनामा सबैभन्दा बढी किशोर खेलाडीले खेले ।

१० किशोर खेलाडीले २० खेलमा सुरुवाती ११ मा स्थान बनाए जसमा १९ वर्षीय इंग्ल्यान्डका मिडफिल्डर जुड बेलिङ्हम र जर्मनीका १८ वर्षीय मिडफिल्डर जमाल मुसियाल, १८ वर्षीय स्पेनका मिडफिल्डर गेवी रहे ।

फ्रान्सका फरवार्ड केलियन एम्बाप्पेले २०१८ को संस्करणमा किशोरको रुपमा डेब्यु गर्दै ६ गोलको रेकर्ड आफ्नो नाममा बनाएका थिए ।

पाका खेलाडी

यस पटक युवा खेलाडीको मात्रै नभइ, पाका खेलाडीको पनि वर्ष रह्यो । ३५ वर्ष भन्दा माथिका खेलाडीले पनि यस संस्करणमा खेले । सुरुवाती ११ मा स्थान बनाए । जसमा अर्जेन्टिनी कप्तान लियोनल मेस्सी तथा पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डो रहे ।

२७ अनुभवी खेलाडीको साथमा ८३ जना पाका खेलाडीले २०२२ को संस्करणमा सुरुवाती ११ मा स्थान बनाए । जुन्, २००२ को विश्वकपमा स्थापित ५१ जना पाका खेलाडीको तुलनामा ३२ जना बढी हुन् ।

मेस्सीले ३५ वर्षमा खेले, क्रोएसियाका कप्तान लुका मोड्रिकले ३७ वर्षको उमेरमा सर्वाधिक ७–७ खेलमा सुरुवाती ११ मा स्थान बनाए ।

– बीबीसीबाट 

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?