News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालले एएफसी यू-१७ महिला एसियन कप छनोटको पहिलो खेलमा तुर्कमेनिस्तानसँग गोलरहित बराबरी खेलेको छ।
- थाइल्याण्डले पहिलो खेलमा तुर्कमेनिस्तानलाई १७-० ले पराजित गरेको छ र समूहको शीर्ष स्थानमा छ।
- नेपालले अन्तिम चरणमा पुग्न थाइल्याण्डलाई हराउनैपर्नेछ र दोस्रो खेल शुक्रबार खेल्नेछ।
२९ असोज, काठमाडौं । एएफसी यू-१७ महिला एसियन कप छनोटको पहिलो खेलमा नेपालले तुर्कमेनिस्तानसँग बराबरी खेल्दै अंक बाँडेको छ ।
समूह एफ अन्तर्गत थाइल्याण्डको चोनबुरी स्टेडियममा बुधबार भएको खेलमा नेपाल र तुर्कमेनिस्तानले गोलरहित बराबरी खेलेका हुन् ।
पहिलो खेलमा बराबरीमा रोकिएपछि नेपालको अन्तिम चरणमा पुग्ने लक्ष्यमा धक्का लागेको छ । खेलमा नेपालले गोल गर्ने पर्याप्त अवसर बनाएपनि सदुपयोग गर्न सकेन ।
नेपालको आक्रमणमा तुर्कमेनिस्तानकि गोलकिपर एलनुरा माक्सयुतोभा बाधक बनिन् ।
नेपालले समूहको दोस्रो खेल थाइल्याण्डसँग शुक्रबार खेल्नेछ । थाइल्याण्डले पहिलो खेलमा तुर्कमेनिस्तानलाई १७-० को फराकिलो अन्तरले पराजित गरेको थियो ।
थाइल्याण्ड ३ अंकसहित शीर्ष स्थानमा छ भने नेपाल १ अंक जोडेर दोस्रोमा छ ।
दुई खेल खेलिसकेको तुर्कमेनिस्तानको १ अंक मात्र छ छनोटबाट बाहिरिसकेको छ । नेपालले अन्तिम चरणमा स्थान बनाउन थाइल्याण्डलाई हराउनैपर्नेछ ।
प्रतिक्रिया 4