+
+

रिंकुको हत्या अभियोगमा श्रीमान् र देवर पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ६ गते २०:१०

६ पुस, पर्सा । प्रहरीले श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान् र देवरलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका-२७ जसौलीका ३४ वर्षीय कुसल दास र उनका भाई २८ वर्षीय भरत दास रहेका छन् ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

कुसलले मंगलबार मध्‍यराति श्रीमती ३० वर्षीया रिंकु कुमारीलाई करेन्ट लगाएर मारेको र पछि भाई भरतलाई बोलाएर कुखुराको चल्ला बोक्‍ने गाडीले कुल्चिएर शिवम ह्याचरीभित्र लुकाएको प्रहरीको आरोप छ ।

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?