+
+

बीपी प्रतिष्ठानको शिक्षाध्यक्षमा प्रा.डा. सञ्जिव शर्मा

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ७ गते १२:३५

७ पुस, काठमाडौं । बिपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानको पदाधिकारी समूहले पूर्णता पाएको छ । शिक्षाध्यक्षमा प्रा.डा. सञ्जिव शर्मा नियुक्त भएपछि पदाधिकारी समूहले पूर्णता पाएको हो ।

बिपी प्रतिष्ठानको ऐन २०४९ को दफा ११ ग को उपदफा १ र प्रतिष्ठान नियामवली २०५५, को नियम ८, १ बमोजिम उपकुलपति डा ज्ञानेन्द्र गिरीको सिफारिसमा सहकुलपति तथा स्वास्थ्य मन्त्री भवानी खापुङले प्रा.डा. शर्मालाई नियुक्त गरेका हुन् । प्रा.डा. शर्मा मृगौला, मुटु रोग विशेज्ञ हुन् ।

प्रतिष्ठानकातर्फबाट सिनेटरहरुमा प्रा.डा. निलाम्बर झा र सहप्राध्यापक डा. नारायणराज भट्टराई नियुक्त भएका छन् । डा. झा स्कुल अफ पब्लिक हेल्थ एण्ड कम्युनिटी मेडिसिनका प्रोफेसर हुन् । भट्टराई माइक्रोबायोलोजी विभागका प्रमुख हुन् ।

प्रतिष्ठानमा उपकुलपति डा. ज्ञानेन्द्र गिरी, शिक्षाध्यक्ष प्रा.डा. शर्मा, रजिस्ट्रार प्रा.डा. सूर्यप्रसाद सङ्ग्रौला र अस्पताल निर्देशक जगतनारायण प्रसाद छन् ।

शिक्षाध्यक्ष नियुक्तभएपछि प्रा.डा. शर्माले प्रतिष्ठान व्यवस्थापनलाई चुस्तदुरुस्त बनाउन सामूहिक प्रयास गर्ने बताए ।

शिक्षा, अनुसन्धानको क्षेत्रको विकासलाई विशेष ध्यान दिने बताए । प्रतिष्ठानको छविलाई विश्वस्तरीय बनाउन र अन्तर्राष्ट्रिय विश्वविद्यालयहरुसँगको सहकार्यलाई प्रभावकारी बनाउने पहल गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?