+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

प्रचण्डको निर्णय गठबन्धनको संस्कृति विपरीत : कांग्रेस नेता साउद

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १० गते १६:३९

१० पुस, काठमाडौं। माओवादी केन्द्रले राजनीतिक भागबण्डामा कुरा नमिलेपछि नेकपा एमालेसहित अन्य साना दलहरूसँग मिलेर नयाँ सरकार गठन गर्ने भएपछि नेपाली कांग्रेसले राजनीतिक संस्कृति अनुरूप नभएको प्रतिक्रिया दिएको छ ।

प्रतिनिधिसभाको निर्वाचनमा गठबन्धनमार्फत सबभन्दा ठूलो दल बनेको नेपाली कांग्रेसले अन्य दलसँगको भागबण्डा मिलाउन नसक्दा सत्ता बाहिर बस्नुपर्ने अवस्था सिर्जना भएको सन्दर्भमा कांग्रेसका नेताहरूले यस्तो प्रतिक्रिया दिएको हो।

नेपाली कांग्रेसका केन्द्रिय सदस्य एनपी साउदले गठबन्धनको सहमतिलाई प्रचण्डले स्वीकार गर्न नसकेका कारण गठबन्धन भत्किएको भन्दै कांग्रेसले नयाँ तरिकाले राजनीतिक घटनाक्रमलाई अघि बढाउने बताए।

‘यो राम्रो कुरा होइन । माओवादीको निर्णय गठबन्धनको संस्कृति अनुरूप भएन । राजनीतिक घटनाक्रम नयाँ ढंगले अघि बढ्छ,’ साउदले भने ।

गठबन्धनमा रहेको दल माओवादी केन्द्रले दोस्रो दल एमाले र साना दलहरू समेटेर नयाँ सरकार बनाउने सहमति गरेसँगै कांग्रेस प्रतिपक्षमा बस्नुपर्ने भएको हो ।

आइतबार बिहानसम्म कांग्रेस सत्ता गठबन्धन जोगाउन प्रयासरत थियो । तर राष्ट्रपति र प्रधानमन्त्री दुवै छाड्न नचाहेपछि माओवादी गठबन्धन छाडेर एमालेको साथ खोज्न पुगेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?