+
+

जसपाले भोलि संसदीय दलको नेता चयन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १२ गते १४:५७

१३ पुस, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले संसदीय दलको नेता चयन गर्न निर्वाचन तालिका सार्वजनिक गरेको छ ।

निर्वाचन कार्यतालिका अनुसार बुधबार विहान ११ बजेदेखि १२ बजेसम्‍म मनोनयन दर्ता हुनेछ ।

यस्तै १२ बजेदेखि दिउँसो १२: ३० बजेसम्म उम्‍मेदवारको नामावली प्रकाशन, १२:३० बजेदेखि १:३० बजेसम्‍म नाम फिर्ता लिने, १:३० बजेदेखि दिउँसो २ बजेसम्‍म दावी विरोध गर्ने र दिउँसो २ बजेदेखि २:३० बजेसम्‍म उम्‍मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिनेछ ।

त्यसपछि २:३० बजेदेखि ३:३०सम्‍म मतदान हुने र साढे ३ बजेपछि मतदानको परिणाम सार्वजनिक गर्ने कार्यक्रम रहेको जसपा संसदीय दलको कार्यालयले जनाएको छ ।

प्रतिनिधिसभामा जसपाका १२ जना सांसद छन् । अध्यक्ष उपेन्द्र यादव निर्वाचनमा पराजित भए भने संघीय परिषद अध्यक्ष अशोक राई सांसद निर्वाचित भएका छन् । यद्यपि संसदीय दलको नेता को चयन हुन्छ टुंगो नभएको नेताहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?