+
+

कांग्रेसले २२ पुसमा बोलायो केन्द्रीय समिति बैठक

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १२ गते १५:३७
कांग्रेस केन्द्रीय समिति बैठकको फाइल तस्वीर ।

१२ पुस, काठमाडौं । नेपाली कांग्रेसले २२ पुसमा केन्द्रीय समितिको बैठक बोलाएको छ । मंगलबार मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक सूचना जारी गरी २२ पुसको दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बैठक बस्ने जानकारी दिएका छन् ।

बैठकमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको समीक्षा र समसामयिक राजनीतिक विषयमा छलफल हुने कांग्रेसले जनाएको छ । ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कांग्रेसको केन्द्रीय समिति बैठक बसेको छैन । पार्टीबाट समानुपातिक सांसद चयन गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसे पनि केन्द्रीय समिति बैठक पहिलो पटक बस्न लागेको हो ।

नेकपा माओवादी केन्द्रसहितका दलसँग गठबन्धन गरेर चुनाव लडे पनि सरकार गठनका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमालेको साथ लिएर प्रधानमन्त्री बनेका छन् । कांग्रेसका कतिपय नेताहरुले पार्टी नेतृत्वको कमजोरीका कारण गठबन्धन टुटेको बताएका छन् । केन्द्रीय समितिमा यो विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?