
१२ पुस, काठमाडौं । इंग्लिस क्लब लिभरपुलले नेदरल्यान्ड्सका फरवार्ड कोडी गाक्पोलाई अनुबन्ध गर्ने भएको छ ।
गाक्पोको क्लब पीएसभी आइन्डहोभनले उनलाई लिभरपुलले अनुबन्ध गर्ने पुष्टी गरेको हो । पीएसभीले स्टेटमेन्ट जारी गर्दै गाक्पोलाई लिभरपुलमा बेचेको जनाएको छ ।
२३ वर्षीय गाक्पो अनुबन्धका लागि दुई क्लब सहमतिमा पुगेको नेदरल्याण्ड्सको क्लब पीएसभीले जनाएको छ ।
गाक्पोले छिटै इंग्ल्याण्ड गएर अनुबन्धका लागि आवश्यक प्रक्रिया पूरा गर्ने पनि क्लबले जनाएको छ । पीएसभीले गाक्पोको अनुबन्ध रकम खुलाएको छैन तर क्लबको लागि कीर्तिमानी ट्रान्सफर रकम भएको उल्लेख गरेको छ ।
कतारमा सम्पन्न विश्वकपमा समूह चरणको तीनै खेलमा गोल गर्दै उत्कृष्ट प्रदर्शन गरेपछि गाक्पोमाथि ठूला क्लबको नजर परेको थियो । उनले इंग्ल्याण्डकै म्यानचेष्टर युनाइटेडले पनि अनुबन्ध गर्ने चासो देखाएको थियो ।
बेलायती अनलाइन बीबीसीले भने गाक्पोको अनुबन्ध रकम ४० देखि ५० मिलियन युरो रहेको जनाएको छ । लुइस डियाज र डिएगो जोटा घाइते भएपछि लिभरपुलले गाक्पोलाई अनुबन्ध गर्न लागेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4