+
+

माघ १० भित्र संसदले पाउँछ सभामुख

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १२ गते १८:१४

१० पुस, काठमाडौं । २५ पुसमा प्रतिनिधिसभाको बैठक बोलाइएको छ । बुधबार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले २५ पुसको दिउँसो १ बजे बस्ने गरी प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी हुन् ।

प्रतिनिधिसभाको अधिवेशन आह्वान भएसँगै सभामुखको विषयमा चासो बढेको छ । संविधानतः माघ १० गतेभित्रै संसदले सभामुख पाउनेछ ।

प्रतिनिधिसभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्ने हुन्छ । यस सम्बन्धी व्यवस्था संविधानको धारा ९१ मा छ । जहाँ भनिएको छ, ‘प्रतिनिधि सभाको पहिलो बैठक प्रारम्भ भएको मितिले पन्ध्र दिनभित्र प्रतिनिधि सभाका सदस्यहरूले आफूमध्येबाट प्रतिनिधि सभाको सभामुख र उपसभामुखको निर्वाचन गर्नेछन् ।’

सभामुख निर्वाचित नहुन्जेल प्रतिनिधिसभाका जेष्ठ सदस्य पशुपति शमशेर जबराले प्रतिनिधिसभा बैठकको अध्यक्षता गर्नेछन् ।

वर्तमान सात दीय सत्ता गठबन्धनभित्र सभामुख पद नेकपा एमाले र माओवादी केन्द्रले आधा÷आधा कार्यकाल लिने सहमति छ । सहमति अनुसार प्रधानमन्त्रीमा पनि आलोपालो गर्दा सुरुमा माओवादीले प्रधानमन्त्री लिएका कारण सुरुको सभामुख पद एमालेले लिनेछ ।

एमालेमा सभामुखका रुपमा हेरिएका सांसदहरु हुन– छविलाल विश्वकर्मा, पृथ्वीसुब्बा गुरुङ र विद्या भट्टराई । यी तीनै सांसद नेतृत्वको निर्णय कुरिरहेको बताउँछन् । स्वमं ओली निकट नेताहरु पनि पार्टी अध्यक्ष एवं प्रतिनिधिसभाको संसदीय दलको नेता केपी शर्मा ओलीले सभामुखबारे कसैका सन्दर्भमा केही मुख नखोलिसकेको बताउँछन् ।

उनका अनुसार सभामुखमा महिला पठाउँदा विद्या भट्टराई पहिलो नम्बरमा रहन्छिन् । पुरुष हुँदा गुरुङ र विश्वकर्मा नै अगाडि आउँछन् । उनी फेरि दोहोर्‍याउँछन्, ‘बजार हल्लाबाटै अध्यक्ष ज्यु प्रभावित हुनुहुन्छ या हुनुहुन्न त्यो विषय मेरो जानकारीमा छैन । तर, मंगलबार साँझसम्म अध्यक्षले सभामुखका विषयमा केही संकेत गर्नुभएको छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?