+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

संसद सुरू हुने बित्तिकै शिक्षा विधेयक पास गर्ने सत्तारुढ दलको प्रतिबद्धता

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २१ गते १९:५२

२१ चैत, काठमाडौं । सत्तारुढ दलले आगामी अधिवेशनको पहिलो साता नै शिक्षा विधेयक पास गर्ने प्रतिबद्धता जनाएका छन् ।

सिंहदरबारमा कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाएको बैठकमा कांग्रेस र एमालेले बर्खे अधिवेशनको पहिलो साता नै शिक्षा विधेयक पास गर्ने प्रतिबद्धता जनाएका हुन् ।

‘शिक्षकहरू आन्दोलनमा हुनुहुन्छ ।यो आन्दोलनको बेला होइन ।समितिले विधेयकमा काम गरिरहेको छ । उपसमिति बनेको छ । अब संसद सुरू हुने वित्तिकै त्यसको पहिलो हप्ता शिक्षा विधेयक पास गर्ने गरि काम गर्ने प्रतिबद्धता जनाएका छौँ,’ बैठकमा सहभागी एमाले प्रमुख सचेतक महेश बर्तौलले भने, ‘शिक्षकले आन्दोलनको रुप परिवर्तन गर्न पर्छ । एसईईको उत्तरपुस्तिका परीक्षण गर्न पर्छ।’

विधेयकको एउटा सरोकारवाला शिक्षक रहेकाले अरु सरोकारवालाले आन्दोलन गर्ने स्थिति बन्न नहुने निष्कर्ष बैठकले निकालेको छ । ‘धेरै स्टेक होल्डर छन । एउटा शिक्धक हो । अरु विद्यार्थी अभिभावक कर्मचारी पनि हुनुहुन्छ। स्थानीय सरकार, निजी विद्यालय पनि छन् । सबैले आन्दोलन गर्ने भन्ने हुदैन,’ बर्तौलाले भने । बैठकमा गृहमन्त्री रमेश लेखक, शिक्षा मन्त्री विद्या भट्टराई, शिक्षा समिति सभापति अम्बरबहदुर थापा, एमाले र कांग्रेका प्रमुख सचेतसहितका नेता सहभागी थिए।

शिक्षा ऐनको माग राखेर दुई दिनदेखि शिक्षकहरू सडक आन्दोलनमा छन् ।

आजको बैठकले शिक्षकहरूको आन्दोलन र मागका विषयमा वार्ता संवाद र सहजीकरण गर्न शिक्षा मन्त्रालयलाई भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?