+
+

फिल्म ‘तिम्रो मेरो साथ’को शीर्ष गीतमा रोमान्टिक साम्राज्ञी र पुष्प

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १३ गते १७:१६

काठमाडौं । साम्राज्ञी शाह र पुष्प खड्का अभिनित ‘तिम्रो मेरो साथ’को शीर्ष गीत ‘झिलमिल’ सार्वजनिक भएको छ । बुधबार नारायणगढमा आयोजित पत्रकार सम्मेलनमार्फत गीत रिलिज गरिएको हो ।

देश दौडाहामा रहेको फिल्म टोलीको उक्त पत्रकार सम्मेलनमा उपस्थिति थियो । निर्देशक रमेश एमके पौडेल, कलाकारद्वय साम्राज्ञी शाह र पुष्प खड्काले फिल्मबारे जानकारी गराए ।

सुगम पोखरेल र मेलिना राईको स्वर रहेको गीत रोमान्टिक शैलीमा कम्पोज गरिएको छ । योगेशकाजीले संगीत भरेको गीतमा निर्देशक समेत रहेका पौडेलको शब्द रचना छ ।

मंगलबार पोखराबाट ‘तिम्रो मेरो साथ’ देशव्यापी प्रचारप्रसार यात्रा थालेको थियो । फेवातालको डुंगामै फिल्मले पत्रकार सम्मेलन गर्‍यो । नारायणगढपछि हेटौंडा, बुटवल, विराटनगर र बिर्तामोडमा समेत पत्रकार सम्मेलन गर्ने कार्यक्रम छ ।

पुस २९ देखि प्रदर्शनमा आउने फिल्मलाई थ्रिलर र लभस्टोरी ड्रामा भएको बताइएको छ । फिल्ममा पासाङ लामा, अर्नव पौडेल र आर्यन पौडेलको लगानी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?