+
+

राजस्व चुहावट नियन्त्रण प्रभावकारी बनाउन अर्थ र गृहमन्त्रीको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १४ गते १३:०४

१४ पुस, काठमाडौं । राजस्व चुहावट नियन्त्रणमा प्रभावकारी रुपमा खट्न उप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मातहतका निकायलाई निर्देशन दिएका छन् ।

बुधबार केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठक बसेको छ । बैठकमा दुवै मन्त्री उपस्थिति भए । बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर, अर्थसचिव, राजस्व सचिव, सुरक्षा निकायका प्रमुख र राजस्व प्रशासन सम्बद्ध विभागका महानिर्देशकहरुको उपस्थिति रहेको थियो ।

बैठकमा अर्थमन्त्री पौडेलले राजस्व संकलनका हिसावले नेपाल अहिले चूनौतिपूर्ण घडीमा रहेको बताए । उनले सबैले आ–आफ्नो जिम्मेवारी अनुरुपको जिम्मेवारी इमानदारीपूर्वक सम्पादन गर्न निर्देशन दिए । उनले राजस्व संकलनमा देखिएको न्यूनतालाई पूर्ति गर्न समेत निर्देशन दिए ।

राजस्व संकलनमा तुरुन्तै सुधार आउनु पर्ने भन्दै उनले यसमा राजनीतिक नेतृत्वबाट आवश्यक पर्ने सबै प्रकारको सहयोगका लागि आफु तयार रहेको बताए ।

बैठकमा गृहमन्त्री लामिछानेले सीमा नाकामा हुने राजस्व चुहावट नियन्त्रण गर्ने काममा गृह मन्त्रालयको सक्रियतामा कुनै कमी नहुने आश्वासन दिए । उनले सुरक्षा निकायका प्रमुखलाई तत्काल कार्ययोजना बनाएर काम समेत समेत निर्देशन दिए । उनले कर्मचारीलाई कुनै राजनीतिक दवाव र प्रभावमा नपरी ढुक्कसँग उच्च मनोवलका साथ काम गर्न समेत निर्देशन दिएका छन् ।

नेपालमा राजस्वबाट संकलित रकमले चालु खर्च समेत धान्न नपुग्ने अवस्था आएसँगै अहिले सरकार दबावमा रहेको छ । भन्सार र आन्तरिक दुवै राजस्वमा उल्लेख्य कमी आएको छ । जसका कारण सरकारले ऋणमा भर पर्नुपर्ने अवस्था छ । यसो हुनुमा राजस्व चुहावट हुनु समेत कारण रहेको निष्कर्ष छ । उता, आन्तरिक राजस्व विभागले समेत अहिले बजार अनुगमन तीव्र बनाएको जानकारी दिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?