
१४ पुस, काठमाडौं । महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलले आफ्नो कार्यकाल कति समय हुन्छ भन्ने ख्याल नगरी काम गर्ने बताएका छन् । महान्यायाधिवक्ताको कार्यालयमा आयोजित कार्यक्रममा उनले आफू भोलिदेखि नै यो संस्थालाई अझ राम्रो बनाउने प्रयत्नमा लाग्ने बताए ।
‘कति हुन्छ कार्यकाल म त्यतातिर सोच्न चाहन्न । भोलिदेखि नै हामी यो संस्थालाई अझ बढी राम्रो बनाउन प्रयत्न गरौं, भइरहेका कामलाई गुणस्तरीय बनाउन प्रयास गरौं’ उनले भने ।
महान्यायाधिवक्ता पोखरेलले आफू एउटा व्यक्तिले मात्र संस्थाको कायापलट गर्न सक्छ भन्ने कुरामा विश्वास नगर्ने भन्दै सबैको सहकार्यबाट राम्रो काम गर्ने कोशिस गर्ने बताए ।
‘म हिरोइजममा विश्वास गर्दिन । एउटा मान्छेले आएर कायापलट गर्न सक्छ, अरु केही पनि होइनन् भन्न्ने म्यासेज दिन सक्छ भन्ने कुरामा म विश्वास गर्दिन’ उनले भने, ‘यहाँहरुसँग अलरेडी ब्रेन छ, त्यसको बेस्ट युज गर्ने वातावरण मैले मात्र पर्यत्न गरेर हुँदैन, हामी सबै मिलेर त्यसको उपयोग गर्नुपर्छ ।’
महान्याधिवक्ता पोखरेलले यसअघिका महान्यायाधिवक्ताले गरेका सबै राम्रो कामलाई निरन्तरता दिने पनि बताए । उनले सरकारी वकिलको छुट्टै सेवा शर्तसम्बन्धी ऐन ल्याउन पहल गर्ने पनि बताएका छन् ।
प्रतिक्रिया 4