+
+
Shares

मन्दिर निर्माणमा पनि भ्रष्टाचार, नगरपालिकाका प्रशासकीय अधिकृतविरुद्ध मुद्दा

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १४ गते १५:५६

१४ पुस, काठमाडौं । मन्दिर निर्माणका क्रममा भ्रष्टाचार गरेको भन्दै सर्लाहीको कविलासी नगरपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिृकत श्यामकिशोर राय, इन्जिनियर रामविनय प्रसाद यादवसहितका कर्मचारीले कविलासी नगरपालिका–८ स्थिति रामजानकी मन्दिर निर्माणका क्रममा नभएको काम भएको भनेर उपभोक्ता समितिलाई ९७ हजार ८४० रुपैयाँ बढी भुक्तानी दिएको अख्तियारको दावी छ ।

फिल्डमा कम काम हुँदा पनि बढी काम भएको भनेर मूल्यांकन गरेको र ९७ हजार ८४० रुपैयाँ बढी भुक्तानी दिएको देखिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए ।

अख्तियारले सब इन्जिनियर उमेशकुमार दास, उपभोक्ता समितिका अध्यक्ष रामभरोसी मण्डल धानुक, सचिव बालमेश्वर साह कलवार र कोषाध्यक्ष रीनाकुमारी विरुद्ध पनिभ्रष्टाचार मुद्दा दायर गरेको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?