+
+

नेपाल बैंकर एसोसिएसन लुम्बिनीको संयोजकमा नवीन बिष्ट

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १४ गते १४:३०

१४ पुस, काठमाडौं । नेपाल बैंकर एसोसिएसन(एनबीए) लुम्बिनी प्रदेशको संयोजकमा नवीन बिष्ट चयन भएका छन् । उनी एनएमबि बैंक लिमिटेडका लुम्बिनी प्रदेश प्रमुख हुन् ।

एसोसिएसनको स–संयोजकमा नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडका लुम्बिनी प्रदेश प्रमुख सुमिर शम्सेर जबरा र सदस्य सचीवमा हिमालयन बैंक लिमिटेडका लुम्बिनी प्रदेश प्रमुख अनुसुया बस्न्यात चयन भएका छन् ।

एसोसिएसनको प्रदेश सदस्यहरुमा प्रभु बैंक लिमिटेडका लुम्बिनी प्रदेश प्रमुख सुवास कुँवर, नेपाल एसबिआई बैंक लिमिटेडका लुम्बिनी प्रदेश प्रमुख शिव दाहाल, नेपाल बैंक लिमिटेडका लुम्बिनी प्रदेश प्रमुख सुशीलकुमार नेपाल चयन भएका हुन् ।

प्रदेश संयोजक नवीन बिष्ट झन्डै डेड दशकदेखि बैंकिङ क्षेत्रमा कार्यरत छन् । एसोसिएसनले आगामी दिनहरूमा लुम्बिनी प्रदेशमा अन्तरबैंक सम्बन्ध एवं लुम्बिनी प्रदेशमा रहेका बैंकका कर्मचारीहरु बीच दिगो सम्बन्ध स्थापित गर्ने एवं वित्तीय साक्षरता र संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत स्वास्थ्य तथा शिक्षा क्षेत्रसँग सम्बन्धित कार्यक्रमहरू ल्याइने नवनियुक्त संयोजक बिष्टले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?