+
+

पेलेको निधनमा विश्वभरबाट शोक व्यक्त

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १५ गते १५:५७

१५ पुस, काठमाडौं । ब्राजिलका महान फुटबल पेलेको निधनप्रति संसारभरबाट प्रतिक्रिया आइरहेको छ ।

८२ वर्षको उमेरमा ब्राजिलको साओ पाउलोस्थित अस्पतालमा पेलेको निधन भएको हो । उनले व्यक्तित्व, खेल कला र मैदानभित्रको चातूर्यताले खेलाडी र समर्थकलाई मन्त्रमुग्ध पार्ने गरेको थियो ।

सन् १९५८, १९६२ र १९७० गरी तीनपल्ट फिफा विश्वकप जित्ने संसारको एकमात्र फुटबलका रुपमा उनलाई सम्मानित गरिन्छ । उनले आफ्नो करिअरमा १३६६ खेल खेलेर १२८२ गोल गरे । ब्राजिलका लागि ९२ खेलमा ७७ गोल गरे ।

‘शाश्वत राजाका लागि एक साधारण अलबिदा कहिल्यै पनि पूरा फुटबल संसारलाई परेको यो पीडा व्यक्त गर्न पर्याप्त हुँदैन । विगत वर्तमान र भविष्यमासमेत लाखौं मानिसका प्रेरणालाई गुमाएका छौं । उनले सधैं मेरा लागि एउटा स्नेह देखाए । लामो दूरीका बाबजुद हामीले यसबीचमा साथमा विताएका सबै क्षणहरुलाई सम्झिएको छु । हामी फुटबललाई माया गर्नेहरुले आफ्नो जीवनमा उनलाई कहिल्यै बिर्सिने छैनौं । हार्दिक श्रद्धान्जली, किङ पेले’, क्रिष्टिनायो रोनाल्डो, पोर्चुगिज फुटबल खेलाडी ।

‘तपाईको स्थान भगवानकै बराबर छ । मेरो शाश्वत राजा । हार्दिक श्रद्धाञ्जली’ रोवर्टो रिवेलिनो, सन् १९७० विश्वकप जित्दा पेलेका साथी खेलाडी ।

मैले मेरो जीवनमा कतै पढेको थिएँ, ‘पेलेभन्दा अगाडि १० केवल एउटा नम्बर थियो ।’ तर, यो पंक्ति अधुरो छ । म के भन्छु भने पेलेभन्दा अगाडि फुटबल केवल एउटा खेल थियो । पेलेले सबैकुरा परिवर्तन गरिदिए । उनले फुटबललाई कला र मनोरन्जनमा बदले । उनले गरीव, अश्वेतलाई शक्ति दिए, सबैभन्दा ठूलो कुरा उनले ब्राजिललाई एउटा मानकका रुपमा स्थापित गरे । फुटबल र ब्राजिललाई माथि उठाउने राजालाई धन्यबाद । उनी गए तर, उनको जादू कायम रहनेछ । पेले शाश्वत राजा हुन्,’ ब्राजिली स्टार नेइमार ।

‘म आफूलाई तत्कालीन अन्य ब्राजिली बालबालिकाभन्दा भाग्यमानी किन ठान्छु भने मैले पाकाम्बु र मोरुम्बी रंगशालामा पेलेले खेलेको प्रत्यक्ष देखेको छु । खेलेको होइन, उनले खेलाएको देखेको छु । किनभने जव उनले बल पाउँथे केहि न केहि खास प्रदर्शन देखाउँथे । जो अक्सर एक गोलका रुपमा समाप्त हुन्थ्यो । सत्य कुरा के थियो भने म पेलेसँग निराश थिएँ । किनभने उनले मेरो कोरिन्थियान्स क्लबलाई लज्जास्पद रुपमा हराएका थिए । तर, मैले उनको प्रशंशा किन गर्छु भने उनले समग्र ब्राजिलीलाई खुसी दिए ।’ ब्राजिलका राष्ट्रपति लुइस इनारियो लुला डा सिल्भा ।

‘विश्वलाई एकजुट राख्ने काम खेलबाहेक अरुबाट सम्भव हुँदैन । पेलेको विनम्र सुरुवात र फुटबलको महान खेलाडीसम्मको उदय एक कहानीका रुपमा छ जसलाई उनैले सम्भव बनाएका हुन् । आज जिल र मेरो समवेदना उनका परिवार र उनलाई मया गर्ने सबैका लागि’, जो बाइडेन, अमेरिकी राष्ट्रपति ।

‘फुटबलका बादशाहले हामीलाई छोडेका छन् । तर, उनको विरासतलाई कहिल्यै विर्सन सकिँदैन । हार्दिक श्रद्धान्जली राजा’, फ्रान्सेली फुटबलर केलिएन एम्बाप्पे ।

‘दोस्रो पेले पाउन धेरै कठिन हुनेछ । पेलेसँग सबैकुरा थियो जो एक खेलाडीमा हुनुपर्थ्यो । फुर्तिला थिए, उनको जति जम्प कसैको थिएन, दुवै खुट्टाले समान प्रयोग गर्न सक्थे, शारीरिक रुपमा बलिया र बहादुर थिए । पेलेजस्ता कोहि थिएनन्’, सिजर लुइस मेनोटी, अर्जेन्टिनी प्रशिक्षक, सान्तोषमा पेलेका टिममेट ।

‘आज फुटबलको एउटा सबैभन्दा सुन्दर अध्यायको अवसान भएको छ । त्यस्ता व्यक्ति जसले संसारलाई मन्त्रमुग्ध पारे र खेलको इतिहासलाई नै सधैंका लागि बदले । तपाईं सधैं महान हुनुहुनेछ । किनभने, ६० वर्ष अगाडि तपाईंले जुन कठिनाईको सामना गर्नुभएको थियो, तपाईंले त्यो गरिसक्नुभएको छ जुन आजसम्म कसैले गर्न सकेका छैनन् । यस्ता व्यक्ति जसले आफ्नो १ हजारौं गोल बच्चाहरुमा समर्पित गरे र हाम्रो देशलाई संसारमा एउटा मानकका रुपमा स्थापित गरिदिए’, ब्राजिली फुटबलर रिचर्लिसन ।

‘पेले हाम्रो देशका एक निर्विवाद प्रतीक हुन् । हामी सबैका लागि गर्वको श्रोत हुन् । विश्व खेलमन्त्रमा उनको उपलब्धीलाई एक किंवदन्तीका रुपमा चित्रित गरिनेछ । जो आफ्नो सिद्धान्त, मूल्य र हाम्रो देशप्रति बफादार थिए । उनको निधनले हामी सबैलाई क्षति पुगेको छ । ब्रजिलका पूर्व राष्ट्रपति फर्नाण्डो हेनरिक कार्डोसो, उनकै क्याविनेटमा पेले खेलकुदमन्त्री थिए ।

फुटबलले आज आफ्नो इतिहासको सबैभन्दा महान व्यक्तिलाई गुमाएको छ । र, मैले आफ्नो एक अद्भूद साथीलाई । ट्रेस काराकोसमा जन्मिएका पेलेका तीन मुटु थिए । फुटबलका लागि, परिवारका लागि र अन्य मानिसका लागि । उनी सधैं सुपरस्टारका रुपमा खेले तर, आफ्नो आधार विर्सेनन् । म सन् १९७७ मा अमेरिका गएँ । किनभने म वास्तवमै न्युयोर्क कसमसमा पेलेसँगै खेल्न चाहन्थेँ । त्यतिबेला उनीसँग खेल्नु मेरो जीवनको सबैभन्दा महान क्षणमध्येको एक थियो । हामी एकसाथ युएस च्याम्पियन बन्यौं । र, पेलेले त्यही क्षणमा मलाई भाइ भनेर सम्वोधन गरे । यो मेरा लागि अकल्पनीय सम्मान थियो ।’ तत्कालीन पश्चिम जर्मनीका सुपरस्टार फ्रान्ज बेकनबाउर ।

हालै कतार विश्वकप उपाधि जितेका लियोनल मेस्सीले पनि पेलेप्रति श्रद्धान्जली व्यक्त गरेका छन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?