+
+
२२ औं आहा रारा पोखरा गोल्डकप :

डेब्यु खेल जितेर चर्च ब्वाइज क्वाटरफाइनलमा, ६ पटकको विजेता पुलिस बाहिरियो

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १५ गते १७:१३

१५ पुस, पोखरा । २२ औं संस्करणको आहा रारा गोल्डकपमा आफ्नो डेब्यु खेलमै चर्च ब्वाइज युनाइटेडले सर्वाधिक विजेता नेपाल पुलिस क्लबलाई हराएको छ ।

यसै सिजन ए डिभिजनमा उक्लिएको चर्च ब्वाइज आहा रारा पोखरा गोल्डकपको क्वाटरफाइनल प्रवेश गरेको छ । पोखरा रंगशालास्थित फुटबल मैदानमा भएको खेलमा चर्च ब्वाइजले नेपाल पुलिसलाई २–१ ले स्तब्ध पारेको हो ।

खेलको पहिलो हाफमा विभागीय टिम नेपाल पुलिस क्लबले अग्रता लिए पनि त्यसलाई कायम राख्न नसक्दा प्रतियोगिताबाटै बाहिरिनु पर्‍यो । खेलको २५ औं मिनेटमा विभागीय टिम नेपाल पुलिस क्लबका रवि शंकर पासवानले गोल गर्दै अग्रता दिलाएका थिए । उनले निरकुमार राईको पासलाई सुन्दर फिनिसिङ गर्दै विपक्षी पोस्टमा बल चुमाएका थिए ।

पहिलो हाफमा दबाबमा रहेको चर्च ब्वाइज दोस्रो हाफमा भने खेल सुधारेको थियो । अधिकांश समय नेपाल पुलिसलाई दबाबमा राख्न सफल भयो । पटकपटक पोस्ट प्रहार गरे पनि ७७ औं मिनेटमा मात्रै गोल गर्न सफल भयो ।

खेलको ७७ औं मिनेटमा चर्च ब्वाइजका तर्फबाट अञ्जन विष्टले गोल गर्दै खेललाई बराबरीमा ल्याए । उनी केही दिनअघिमात्रै मनाङ मर्स्याङ्दी छाडेर चर्च ब्वाइज युनाइटेडमा अनुबन्धित भएका थिए ।

खेलको ७६ औं मिनेटमा चर्च ब्वाइजका एरिक विष्टले प्रहार गरेको बल नेपाल पुलिसका गोलरक्षक सञ्जीत श्रेष्ठको हात छुँदै बाहिरियो । तत्पश्चात चर्च ब्वाइजले पाएको कर्नर किक तेज तामाङले प्रहार गरेका थिए ।

तामाङको प्रहार विपक्षी टिमले सुरक्षित गर्न खोजे पनि बल एरिकको नजिक पुगेको थियो । बललाई हेडिङ गर्र्दै उनले बल पुनः विपक्षी पोस्टमा फ्याँकेका थिए । सोही ‘डिफ्लेक्ट’बललाई अञ्जनले प्रहार गर्दै सुन्दर फिनिसिङ दिएका हुन् ।

निर्धारित समयको अन्तिममा नेपाल पुलिसले डिबक्स एरिया नजिकै फ्रिकिक पाएको थियो । बुद्ध लामाले प्रहार गरेको फ्रिकिकको रिबाउन्ड बललाई नीरकुमार राईले क्रस पास दिएका थिए । उनको पासमा भरत शाहले हेमन्त श्रेष्ठले हेडिङमार्फत गोल गरेका थिए । तर, सहायक रेफ्री प्रकाश भुजेलले अफसाइड दिएपछि उक्त गोलले मान्यता पाएन ।

खेलको अन्तिम मिनेटमा पाएको अवसर पनि गोल मान्यता नपाएपछि केहीबेर खेलाडी र रेफ्रीबीच भनाभनसमेत भएको थियो । लगत्तै निर्धारित समय सकिएर खेल अतिरिक्त समयमा गएको थियो ।

अतिरिक्त समयको पहिलो हाफमै गोल गर्र्दै चर्च ब्वाइजले अग्रता लिएको थियो । अतिरिक्त समयको आठौं मिनेटमा चर्च ब्वाइजले कर्नर पायो । जसको सदुपयोग गर्र्दै चर्चब्वाइजले पुनरागमन अग्रता लिएको थियो ।

चर्च ब्वाइजका तेज तामाङले प्रहार गरेको कर्नर किक अञ्जन विष्टको ‘हेडिङ ब्याक फ्लिप’लाई अनन्त तामाङले प्रहार गर्र्दै विपक्षी गोलपोस्टको जाली चुमाएका थिए । सहारा वर्ष खेलाडी घोषित तामाङ पनि हालैमात्र थ्रीस्टार छोडेर चर्चमा अनुबन्धित भएका हुन् ।

खेलपछि नेपाल पुलिस क्लबका सहायक प्रशिक्षक रविन श्रेष्ठले आफ्ना खेलाडीले राम्रो खेले पनि लाइन्सम्यानबाट गम्भीर गल्ती भएको प्रतिक्रिया दिए ।

‘समग्रमा आजको गेम एकदमै कम्पिटेटिभ भयो । टिमले राम्रै गरेको हो, राम्रै मान्नुपर्छ । तर, जुन किसिमको लाइन्सम्यान हुनुपर्थ्यो, यत्रो टुर्नामेन्ट भइसकेपछि लाइन्सम्यान राम्रो हुनुपर्थ्यो,’ उनले भने, ‘केटाहरुको बाँकी खेल राम्रै थियो । हामीले पाएको गोल लाइन्सम्यानले दिनुपर्छ । त्यस्तै निर्णयले हो गेममा टर्निङ प्वाइन्ट हुन्छ ।’

चर्च ब्वाइजका प्रशिक्षक विक्रम लामाले नयाँ टिम भएकाले खेलाडीलाई एकआपसमा फर्ममा ल्याउनै गाह्रो भए पनि पछि सुधार गरेको सुनाए ।

‘पछि हामीले खेलको फर्मेसन चेन्ज गर्‍यौं,’ उनले भने, ‘हामीले लामो, राम्रोसँग तयारी गरेर आउन पाएनौं । तर, जेहोस् प्लेयरहरुले छोटो समयमै भए पनि फर्ममा आउन सकेको मान्नुपर्छ ।’

आहा रारा गोल्डकपको क्वाटरफाइनलमा चर्च ब्वाइज क्लबको मच्छिन्द्रसँग भेट हुनेछ । मच्छिन्द्र जारी प्रतियोगितामा बाई पाउँदै सिधै क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।

पुलिसलाई आफ्नै विरासत भारी

विभागीय टिम नेपाल पुलिस क्लब आहारारा पोखराको अनुभवी टिम पनि हो । पुलिसले ६ पटक आहारारा पोखरा गोल्डकपको उपाधि जित्दा ५ पटक उपविजेता बनेको छ ।

नेपाल पुलिसले आहारारा गोल्डकपको पहिलो संस्करण ‘क्याराभान कप’ बाटै विजयी सुरुआत गरेको थियो । त्यसयता पुलिसले ६ पटक आहारारा गोल्डकपको उपाधि चुम्दै सर्वाधिक विजेताको दौडमा छ ।

विभागीय टोली नेपाल पुलिसले ०५८, ०५९, ०६४, ०६५, ०६६ र ०७४ उपाधि चुमेको थियो । पहिलो संस्करण क्याराभान कप फाइनलमा पुलिसले मनाङलाई २–१ ले पराजित गरेको थियो ।

आहा गोल्डकपमा रुपान्तरित दोस्रो दोस्रो संस्करणमा पनि उपाधि पुलिसकै पोल्टामा परेको थियो । उक्त संस्करणको फाइनलमा फ्रेन्ड्स क्लबलाई १–० ले हराउँदै पुलिसले दोस्रो पटक उपाधि चुमेको थियो ।

०६४ को फाइनलमा पुलिसले अर्को विभागीय टोली एपीएफलाई २–० ले पराजित गर्दै तेस्रो पटक उपाधि चुम्यो । त्यसयता लगातार तीन संस्करण उपाधि जित्दै पुलिसले नै ह्याट्रिक ग¥यो । ०६५ को फाइनलमा पनि विभागीय टोली नेपाल आर्मीलाई ५–० को विशाल गोलअन्तरले पराजित गर्दै उपाधि सुरक्षित गरेको थियो ।

०६७ को आहारारा गोल्डकपमा पनि नेपाल आर्मीलाई फाइनलमै १–० ले पराजित गर्दै पुलिसले ह्याट्रिक जित निकालेको थियो । त्यसपछि लामो समय जितविहीन भएको पुलिसले ०७४ मा थ्रीस्टारलाई फाइनलमा ३–१ ले पराजित गर्दै नेपाल पुलिस छटौं पटक आहारारा पोखरा गोल्डकपको उपाधि जित्ने पहिलो क्लब बन्यो ।

त्यसबाहेक आहारारा पोखरा गोल्डकपको २२ औं संस्करणसम्म आइपुग्दा नेपाल पुलिस ५ पटक फाइनल पुगेर पनि पराजित बनेको छ । नेपाल पुलिस ०६०, ०६१, ०६२ र ०७६ मा फाइनलमा पुगेर पनि हार व्यहोरेको थियो ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?