+
+

प्रधानमन्त्री प्रचण्ड चितवन आउँदै

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १६ गते ९:१०

१६ पुस, चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज चितवन आउने भएका छन् ।

प्रधानमन्त्री प्रचण्ड एक विद्यालयको हिरक महोत्सवमा सहभागी हुन चितवन आउन लागेका हुन् ।

प्रधानमन्त्री भएपछि राजधानी बाहिरको पहिलो सार्वजनिक कार्यक्रममा आउन लागेका प्रधानमन्त्री प्रचण्डले भरतपुर वडा नं. १० मा रहेको नारायणी नमूना माध्यमिक विद्यालयको हिरक महोत्सव समारोहको उदघाटन गर्नेछन् ।

बिहान ८.२० बजे उनी आउने भनिए पनि मौसम नखुलेको र हुस्सु लागेको कारणले केही ढिला हुने चितवन प्रहरी प्रमुख नवराज अधिकारीले जानकारी दिए ।

प्रधानमन्त्रीले विहान ११ बजे हिरक महोत्सवको उदघाटन गर्ने कार्यक्रम छ ।उनी सो अवसरमा स्वर्ण र हीरक स्तम्भ अनावरण, भवन सिलान्यास, हीरकद्वार उदघाटन, हीरक स्मारिका विमोचन लगायतका कार्यक्रममा सहभागी हुने विद्यालयले जनाएको छ ।

प्रधानमन्त्री आउने भएपछि भरतपुरको विद्यालय वरपरको क्षेत्रमा सफा गर्ने र सुरक्षा व्यवस्था कडा पारिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?