+
+
Shares

हरि चुमानलाई गण्डकी संसदीय दलको नेता बनाउने माओवादीको निर्णय

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १७ गते १०:१३

१७ पुस, पोखरा । नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश संसदीय दलको नेता हरिबहादुर चुमानलाई बनाउने निर्णय गरेको छ ।

शनिबार र आइतबार बिहान बसेको माओवादी प्रदेश कमिटी बैठकले पार्टीको केन्द्रीय कमिटीको सल्लाहमा चुमानलाई सर्वसम्मत दलको नेता बनाउने निर्णय गरेको हो ।

‘पार्टीले मात्र निर्णय गरेको हो, यद्यपि दलको बैठक बसेर औपचारिक निर्णय गर्न बाँकी छ,’ प्रदेश कमिटी इन्चार्ज हितराज पाण्डेले भने, ‘आजै संसदीय दलको बैठक छ, त्यहाँ चुमानलाई सर्वसम्मत गराउन प्रस्ताव जाने हो ।’

माओवादी संसदीय दलमा गोरखाका कृष्ण धितालले पनि दाबी गरेका थिए । त्यही कारणले शनिबार टुंगो लाग्न सकेको थिएन । चुमान माओवादी महासचिव देव गुरुङ समूहका हुन् भने धिताल उपाध्यक्ष नारायणकाजी श्रेष्ठ समूहका मानिन्छन् ।

चुमान यसअघि पनि संसदीय दलको नेता थिए । एमाले–माओवादी मिलेर बनेको नेकपाका तर्फबाट पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानुन मन्त्री थिए । अघिल्लो निर्वाचनमा गण्डकीमा १२ सिट जितेको माओवादीले अहिले जम्मा ८ सिट जितेको छ । तर, सरकार बनाउन माओवादी गण्डकीमा पनि निर्णायक शक्ति हो ।

६० सदस्यीय प्रदेश सभामा एमालेका २२, माओवादी ८ र राप्रपाका २ सांसद मिले सरकार बनाउन बहुमत पुग्ने देखिन्छ । गण्डकीमा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसबाट २७ जना सांसद छन् । मनाङबाट स्वतन्त्र जितेका दीपक मनाङे प्रवेश गरेपछि शून्य रहेको एकीकृत समाजवादीबाट पनि एक सांसद भएका छन् । गण्डकी प्रदेशमा सबै दलले संसदीय दलको नेता चुनिसकेका छन् ।

एमालेमा खगराज अधिकारी, कांग्रेसमा सुरेन्द्रराज पाण्डे, माओवादीमा चुमान र राप्रपामा पञ्चराम तमु दलको नेता चयन भएका छन् ।

 

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?