+
+

बहुपति प्रथाबारेको फिल्म ‘टुल्की’ चैत ३ मा

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १७ गते १२:३५

काठमाडौं । बहुपति प्रथामाथि निर्माण भएको फिल्म ‘टुल्की’ आगामी चैत ३ गतेदेखि प्रदर्शनमा आउने भएको छ ।

केही समयअघिसम्म हिमाली क्षेत्रमा प्रचलनमा रहेको उक्त प्रथामाथिको कथावस्तुको फिल्ममा शिशिर बाङ्देल र स्वस्तिमा कार्कीको प्रमुख अभिनय छ ।

डोल्पामा छायांकन गरिएको फिल्मको निर्देशन देवजंग थापाले गरेका हुन् भने छायांकन सुशील अधिकारी र नमराज घिमिरेले गरेका हुन् । सोफिया लिम्बू, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा, भक्तसिंह कठायत, रत्नप्रसाद न्यौपानेको पनि अभिनय छ ।

अभिनेत्री सुहाना थापा सीईओ रहेको फिल्म वितरण कम्पनी त्रिनेत्रम डिष्ट्रिब्युसनले फिल्म वितरण गर्नेछ । पाम ग्रुप प्रालिको ब्यानरमा फिल्म निर्माण भएको हो ।

फिल्मको कथा लक्ष्मण सुनारले लेखेका हुन् भने पटकथा शेखर लामाले लेखेका हुन् । फिल्म ‘टुल्की’ले नेपाल ग्रामीण चलचित्र महोत्सव २०७९ मा उत्कृष्ट फिचर फिल्म तथा ‘स्क्रिन प्ले’ अवार्ड जित्न सफल बनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?