+
+

प्रदेश निजामती सेवा अध्यादेश प्रदेशसभामा पेश

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १७ गते १४:१८

१७ पुस, विराटनगर । प्रदेश १ को ‘प्रदेश निजामती सेवा अध्यादेश २०७९’ प्रदेशसभा बैठकमा पेश भएको छ । आइतबार ज्येष्ठ सदस्य गयानन्द मण्डलको अध्यक्षतामा बसेको बैठकमा उक्त अध्यादेश पेश भएको हो ।

बैठकमा प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले अध्यादेश पेस गरेका थिए । संघीय सरकारले प्रशासनिक संघीयता कार्यान्वयमा ढिलाइ गरेपछि प्रदेशले काम कारवाही गर्नका लागि छुट्टै अध्यादेश ल्याएको उनले बताए ।

प्रदेश सरकारले २०७९ असोज ११ गते प्रदेश निजामती सेवा अध्यादेश २०७९ र केही प्रदेश ऐन संसोधन अध्यादेश २०७९ जारी गरेको थियो । आइतबारको बैठकमा केही प्रदेश ऐन संशोधन अध्यादेश पनि पेश भएको छ । बैठकमा प्रदेश १ को प्रदेशसभा नियमावली २०७४ (पहिलो संशोधन) समेत पेश भएको छ ।

प्रदेशसभाको अर्को बैठक २५ पुसको दिउँसो १ बजे बोलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?