+
+

पुलिसका महिला खेलाडीले प्रदेशबाट प्रधानमन्त्री कप खेल्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १८ गते १२:०९
नवौं राष्ट्रिय खेलकुदमा महिला क्रिकेटतर्फ स्वर्ण पदक जितेको नेपाल पुलिस टिम ।

१८ पुस, काठमाडौं । पुस २९ गतेदेखि इटहरीमा हुने महिला प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा विभागीय टोली पुलिसमा रहेका महिला खेलाडीले प्रदेशबाट खेल्ने भएका छन् ।

प्रतियोगिताका लागि आवश्यक मापदण्द पूरा नगर्दा विभागीय टोली पुलिसले यस सिजनको प्रधानमन्त्री कप खेल्न नपाउने भएको छ ।

आफूहरु सहभागी नहुने भएपछि खेलाडीलाई प्रदेशबाट खेलाडी रिलिज गरेको नेपाल पुलिस क्लबका प्रशिक्षक मनोज कटुवालले जानकारी दिएका छन् ।

उनले भने, ‘हामीले प्रतियोगितामा भाग लिन नपाउने भए पछि हामीले आइतबार नै खेलाडी रिलिज गरिसकेका छौं । उनीहरुले यस पटकको प्रधानमन्त्री कप प्रदेशबाट नै खेल्नेछन् । अर्को संस्करणमा भने हामी पुलिसबाट नै प्रतिस्पर्धा गर्नेछौं ।’

आयोजक नेपाल क्रिकेट संघ क्यानले पनि खेलाडीलाई प्रदेशबाट खेल्न अनुमति दिएको क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले अनलाइनखबरलाई बताए । भने, ‘यसपटक खेलाडीहरुले प्रदेशबाट नै खेल्ने वातावरण मिलाएका छौं । पछि बोर्डले पुलिसको टिमलाई स्वीकृति दिएपछि पुलिसले नै उनीहरुलाई खेलाउने छ ।’

नेपाल पुलिस क्लब महिला क्रिकेट टिमकी कप्तान रुविना क्षेत्रीले पनि यस पटक आफूहरु पहिले जस्तै प्रदेश टिमबाट नै प्रतियोगितामा सहभागी हुने बताएकी छिन् । ‘हामी यस पटक प्रदेशबाट नै खेल्छौं । सबैले पहिले जस्तै प्रदेशमा नै रहेर यस पटक खेल्छौं । अर्को पटक पुलिसबाट नै सहभागी जनाउनेछौं ।’

गृहजिल्ला झापामा रहेकी रुविनाले प्रदेशबाट खेल्न पाउने भए पनि अहिलेसम्म प्रदेश टिमबाट भने खबर नआएको बताइन् । ‘क्यानबाट हामीलाई खेल्न पाउने अधिकारबाट वञ्चित नगराउने भन्ने भइसकेको छ । तर अहिलेसम्म प्रदेशबाट सूचना भने आएको छैन । अब पछि आउला हिजो त पुलिसले रिलिज गर्‍यो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?