
१८ पुस, काठमाडौं। २७ पुसमा पर्ने ३०१ औं पृथ्वी जयन्ती राप्रपाले विविध कार्यक्रम गरी मनाउने भएको छ । राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिले गठन गरेको पृथ्वी जयन्ती तयारी समितिको बैठक सोमबार बसेको छ ।
बैठकले देशका सबै जिल्लामा विविध कार्यक्रम गरी पृथ्वी जयन्ती मनाउने र काठमाडौंमा भृकुटीमण्डपमा भेला भई सिंहदरबार अगाडिको पृथ्वी शालिकमा माल्यार्पण गर्ने र दिउँसो भृकुटीमण्डप परिसरमा चियापान समारोहको आयोजना गर्ने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
राप्रपाले पृथ्वी जयन्ती समारोहका लागि अध्यक्ष राजेन्द्र लिङ्देनको संयोजकत्वमा १,१११ सदस्यीय मूल समिति र विभिन्न ११ उपसमिति गठन गरेको छ ।
राप्रपाले पृथ्वी जयन्तीमा सार्वजनिक विदा दिन पनि माग गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4