+
+

कोरोनाविरुद्धको बुस्टर डोजको तत्काल प्रबन्ध गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १९ गते १४:४५

१९ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोरोना संक्रमण पुन: बढ्‍न लागेको भन्‍दै बुष्टर डोज खोप तत्काल प्रबन्ध गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएका छन् ।

मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सचिवहरुको कुरा सुनेपछि उनले स्वास्थ्य मन्त्रालयलाई कोरोनाको भ्याक्सिनको तत्काल प्रबन्ध गर्न निर्देशन दिएका हुन् ।

उनले भनेका छन्, ‘ हाल कोभिड १९ को संक्रमण पुनः क्रमश: बढ्न लागेको प्रकाशमा आएको । जनस्तरमा कोरोना फैलिन नदिन आवश्यक निरोधात्मक र प्रवर्धनात्मक कार्यहरु गर्ने । बुष्टर डोज खोपको लागि कोरोनाको भ्याक्सिनको तत्काल प्रबन्ध स्वास्थ्य मन्त्रालयले गर्नुहोला ।’

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?