+
+

बाबुरामको पार्टीमा उठ्यो माओवादीसँग एकताको एजेण्डा, २४ पुसको बैठकमा छलफल हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १९ गते १७:५८

१९ पुस, काठमाडौं । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले नेकपा माओवादी केन्द्रसँग पार्टी एकताको एजेण्डाबारे छलफल गर्ने भएको छ ।

यसका लागि नेसपाले २४ पुसमा राजनीतिक समिति बैठक डाकेको छ । त्यसका विभिन्न एजेन्डामध्ये एउटा एजेण्डा माओवादीसँगको एकता विषय रहेको पार्टी नेता गंगा श्रेष्ठले बताए ।

‘चुनावपछिको अवस्थाबारे विभिन्न एजेण्डाहरुमा छलफल गर्दैछौं, त्यसमध्ये माओवादी केन्द्रसँग पार्टी एकताको एजेन्डा पनि एउटा हो,’ श्रेष्ठले अनलाइनखबरसँग भने ।

गत चुनावमा नेसपाका उम्मेदवारहरु माओवादीकै चुनाव चिह्न लिएर लडेका थिए । प्रतिनिधिसभातर्फ नेसपाका महिन्द्र राय यादवले माओवादीको साथ लिएर जितेका थिए । माओवादीकै साथमा नेसपाका केही सांसदले प्रदेशसभामा जितेका छन् ।

भट्टराईले सोमबार एमाले अध्यक्ष केपी ओलीलाई बालकोटमा भेट्दै आगामी सहकार्यको सम्भावनाबारे छलफल गरेका थिए । उनले माओवादी अध्यक्ष प्रचण्डका लागि गोरखा २ को निर्वाचन क्षेत्र छाडेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?