+
+

नवलपरासी पश्चिमका एसपी कँडेल प्रहरी हेडक्वाटर तानिए

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २० गते ११:११

२० पुस, काठमाडौं । नवलपरासी पश्चिमका प्रहरी प्रमुख एसपी ऋषिराम कँडेल प्रहरी प्रधान कार्यालयमा तानिएका छन् ।

आर्थिक अनियमितताबारे गुनासो आएपछि छानबिनका लागि प्रहरी प्रधान कार्यालय नक्शालमा तानिएको प्रहरी प्रवक्ता टेकप्रसाद राईले जानकारी दिए ।

अब उनलाई सोधपुछ गर्दै उनीविरुद्ध परेको उजुरी उपर छानबिन गर्ने प्रवक्ता राईले बताए ।

कँडेल हेडक्वाटर तानिएपछि त्यहीँकै डिएसपीलाई निमित्तको जिम्मेवारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?