+
+

रक्सीले मातेका यात्रुले विमान भित्रै वृद्ध महिलाको शरीरमा पिशाब फेरेपछि…

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २० गते १३:२५

२० पुस, काठमाडौं । अमेरिकाको न्यूयोर्कबाट भारतको राजधानी दिल्ली आइरहेको एयर इण्डियाको उडानमा रक्सीले मातेका एक व्यत्तिले वृद्ध महिलाको शरीरमा पिशाब फेरेका छन् ।

एक महिना पुरानो यो घटना हालै मात्र सार्वजनिक भएको हो । घटनाको समयमा ती महिला विमानको बिजनेश क्लासमा थिइन् ।

भारतीय समाचार एजेन्सी एएनआईका अनुसार घटनाबारेमा एयर इण्डियामा उजुरी परेको छ र उसले छानबिन पनि गरेको छ ।

छानबिन समितिले ती पुरुष यात्रीलाई विमानमा यात्रा गर्न रोक लगाउनका लागि सिफारिस गरेको छ ।

एयर इण्डियाका एक कर्मचारीका अनुसार न्यूयोर्कको जोन अफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलबाट २६ नोभेम्बरका दिन दिल्लीका लागि उडेको विमानमा यो घटना भएको हो ।

यो घटनालाई कतिपयले ‘स्तब्ध पार्ने सर्मनाक’ भनेका छन् । भारतको नागरिक उड्यन प्राधिकरणले घटनाबारे जानकारी माग्दै दोषिलाई कारबाही गर्ने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?