+
+

साउदी अरबले रोनाल्डोमाथि किन खन्यायो पैसा ?

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २० गते १९:१६

२० पुस, काठमाडौं । विश्वकपको क्वार्टरफाइनलमा मोरक्कोसँग १–० को हार व्यहोरेपछि क्रिष्टियानो रोनाल्डोले गहभरी आँसु पार्दै मैदान छाडेको एक महिना पनि भएको छैन ।

पोर्चुगललाई हराएर मोरक्को विश्वकपको सेमिफाइनल पुग्ने पहिलो अफ्रिकी देश बन्यो ।

विश्वकप जित्ने सपना टुटेको एक सातापछि पोर्चुगिच कप्तान रोनाल्डो भने युरोप छाडेर साउदी अरबको क्लब अल नासर पुगे । अल नासर र रोनाल्डोबीच भएको सम्झौता फुटबलमा अहिलेसम्मकै सबभन्दा महंगो सम्झौता मानिएको छ । अल नासरले २०२५ सम्म रोनाल्डोलाई हरेक वर्ष २० करोड डलर दिनुपर्नेछ ।

मंगलबार जब रोनाल्डो औपचारिक रुपमा नयाँ क्लबमा जोडिए, त्यसपछि उनले उनले भनेका छन्, ‘युरोपमा धेरै रेकर्ड बन्यो, अब साउदी अबरमा केही रेकर्ड बनाउन चाहन्छु ।’

हुन पनि रोनाल्डोको अगमनले मध्यपूर्वी देशहरुमा उत्साह देखिएको छ । जानकारहरु ३७ वर्षका रोनाल्डोलाई क्लबमा भित्र्याउन अल नासरले यति धेरै रकम खर्चिनुलाई साउदी अरबका राजकुमार मोहम्मद बिन सलमानको सुधारवादी नीतिसँग जोडेर हेर्छन्, जसको लक्ष्य पश्चिम देशहरुलाई उछिनेर साउदी अरबलाई विश्व शक्तिका रुपमा स्थापित गर्नु छ ।

फुटबलमा बढ्दो लगानी

विश्वकप फुटबलमा साउदी अरबले पहिलो खेलमा नै अर्जेन्टिनालाई २–१ ले हराएको थियो । यो खेलको दिन साउदीको मन्त्रालय, सरकारी एजेन्सी, स्कूल तथा विश्वविद्यालयले पूर्व निर्धारित समयभन्दा पहिले नै छुट्टी दिइएको थियो, खेल हेर्न ।

साउदी अरबले जितेपछि राजा सलमानले अर्को दिन सार्वजनिक बिदा दिने घोषणा गरे । साउदीका खेलमन्त्री प्रिन्स अब्दुलालजिज बि तुर्की अल फैजलका अनुसार यो जित संयोग मात्र होइन । उनको टिमले यसका लागि तीन वर्ष तयारी गरेको थियो ।

साउदीका राजकुमार मोहम्मद बिन सलमान ले २०१६ मै आफ्नो भिजन २०३० मा खेललाई समावेश गरेका थिए । त्यसयता साउदी अबरको खेल जगतमा धेरै परिर्वतन देखिएको छ ।

भिजन २०३० को तीन लक्ष्य छ, खेलमा मानिसहरुको सहभागिता २०३० सम्म ४० प्रतिशत बढाउने, विदेशमा साउदीका खेलाडीहरुको प्रदर्शन सुधार गर्ने र खेल अर्थतन्त्रलाई बढवा दिने ।

रोनाल्डो साउदी अरब आएपछि फुटबल पत्रकार उरी लेभीले पनि मोहम्मद बिन सलमानको एउटा भिडियो ट्वीट गर्दै लेखेका छन्,‘रोनाल्डोको आगमन पैसा वा फुटबल मात्र होइन ।’

उनले शेयर गरेको भिडियोमा साउदी अरबका राजकुमारले मध्यपूर्व अब नयाँ युरोप बन्ने दाबी गरेका छन् ।

उनले भनेका छन्, ‘अबको ५ वर्षमा साउदी अरब निक्कै भिन्न हुनेछ । बहराइन एकदम अलग हुनेछ । कुबेत, यहाँसम्म कि कतार पनि, जोसँग हाम्रो मतभेद छ, त्यसका बाबजुद एउटा मजबुत अर्थ व्यवस्था हो र आगामी ५ वर्षमा विल्कुल्ल भिन्न हुनेछ । युएई, ओमान, लेबनान, जोर्डज, मिश्र, इराक र अरु …. यदि अबको ५ वर्षमा हामी सफल भए धेरै देशले हामीलाई पछ्याउने छन् ।’

‘अबको ३० वर्षमा नयाँ वैश्विक पुनर्जागरण मध्यपूर्व हुनेछ । यो साउदीको युद्ध हो, यो मेरो युद्ध हो र जबसम्म म मध्यपूर्वलाई विश्वलाई अगुवाई गरेको देख्दिनँ, तबसम्म म यो युद्धमा मर्न चाहन्नँ । मलाई लाग्छ, यो लक्ष्य १०० प्रतिशत हासिल हुन्छ ।’

भूराजनीतिक मामिलामा दखल राख्ने गोकुल साहनीले पनि राजकुमारको त्यही भिडियो ट्वीट गर्दै साउदी अरब अब धर्मलाई अगाडि राख्ने प्राथमिकता छोडेर एक मानक र अधिक व्यावहारिक शक्ति बन्न चाहेको बताएका छन् ।

साउदीलाई के फाइदा ?

रोनाल्डोलाई अनुबन्ध गरेपछि अल नासरले ट्वीट गरेको छ, ‘इतिहास बनिरहेको छ । यो सम्झौताले हाम्रो क्लबलाई मात्र सफलता गर्न मात्र प्रेरित गर्दैन, हाम्रो लिग, देश र आउने पुस्ताका युवा युवतीलाई उत्कृष्ट प्रदर्शन गर्न प्रोत्साहित गर्छ ।’

रोनाल्डोले पनि नयाँ देशमा फुटबल लिगको अनुभव हासिल गर्न उत्साहित रहेको बताएका छन् । ‘अल नासरले जुन भिजनका साथ काम गरिरहेको छ र पुरुष तथा महिला फुटबलका लागि जसरी साउदी अरबमा काम भइरहेको छ, यो प्रेरणादायक छ’, उनले भनेका छन्, ‘हालै विश्वकपमा गरेको प्रदर्शनले पनि देख्न सक्छौं कि साउदी अरब फुटबलका लागि एक क्षमतावान देश हो ।’

कुनै सन्देश छैन, यो सम्झौतासँगै रोनाल्डो इतिहासमा सबभन्दा धेरै तलब लिने फुटबलर बनेका छन् । तर उनको स्टारडमको फाइदा साउदी अरबले पनि पाउनसक्छ ।

मिडिल इस्ट इकोनोमीका अनुसार २०३० को विश्वकप आयोजना गर्ने साउदी अरबको दाबीलाई सफल बनाउन रोनाल्डोको उपस्थितिले भूमिका खेल्नसक्छ ।

रोनाल्डो अल नासरमा अनुबन्ध भएसँगै सञ्चार माध्यमहरुको ध्यान साउदी फुटबलमा केन्द्रित भएको छ । साउदीका पर्यटनमन्त्री अहमद अल खतीबलाई उदृत  गर्दै वेबसाइटले लेखेको छ कि साउदी अरबले इजिप्ट र ग्रिससँग मिलेर २०३० को विश्वकप फुटबल आयोजना गर्ने प्रस्ताव राख्न सक्छ ।

मन्त्री अहमद अल खतीबले एक अन्तर्वार्तामा भनेका छन्, ‘इजिप्ट र ग्रिससँग मिलेर प्रस्ताव राख्ने सोच बनाएका छौं र आशा छ कि हामी सफल हुने छौं ।’

हुन पनि साउदी अरबले हरेक वर्ष हुने फर्मुला वान रेस र एसियन विन्टर गेम्स २०२९ सहित केही अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने जिम्मेवारी पाइसकेको छ ।

बीबीसीको सहयोगमा

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?