+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

विद्यालय कर्मचारीले भने : दलको सदस्यता लिन बाध्य नपारौं

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २० गते १९:२२

२० पुस, काठमाडौं । नेपाल कर्मचारी परिषदले विद्यालय कर्मचारीलाई राजनीतिक दलको सदस्यता लिन बाध्य नपार्न अनुरोध गरेको छ ।

परिषदले प्रेस विज्ञप्ति जारी गर्दै शिक्षक संगठनहरुले, कतिपय प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिले करकापमा आफ्नो राजनीतिक आस्थाको संगठनको सदस्य लिन बाध्य पारेको जनाएको छ ।

परिषदको विज्ञप्तिमा भनिएको छ, ‘शिक्षक संगठनहरुले आफ्नो राजनीति आस्था विद्यालयका प्रधानाध्यापक, व्यवस्थापन समितिको करकापबाट सदस्यता लिन बाध्य पारिएको जानकारी आएकोले व्यक्तिगत स्वतन्त्रता माथि अंकुश लगाउने कार्यलाई बन्द गरिदिन अनुरोध गरिन्छ ।’

परिषदले पटक पटक जानकारी गराउँदा पनि नरोकिएको र यदि कुनै कर्मचारीहरुबाट लिखित निवेदन परेको अवस्थामा संस्थाको विधान अनुसार अगाडि बढ्ने समेत चेतावनी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?